काठमाडौँ । काठमाडौँमा यतिबेला इन्द्रजात्रा धुमधामका साथ मनाइँदैछ। आठ दिनसम्म मनाइने यो जात्रामा हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसादको रुपमा जाँड बगाइन्छ । यो प्रसाद खाएमा निरोगी हुने विश्वास छ। प्रसादका लागि तछाडमछाड हुने गर्दछ । त्यही भएर केही वर्षदेखि एक दिन महिलाका लागि छुट्याउन थालिएको छ। यसै अनुसार बुधबार प्रसाद पिउनका लागि महिलाका लागि आरक्षण गरिएको थियो। पाइपबाट बगाइएको जाँड पिउनका लागि महिलाहरुको बाक्लै भीड थियो ।

सम्बन्धित खबरहरु