न्युयोर्क । हरेक आमालाई उसको सन्तानको माया धेरैं हुन्छ । आज भन्दा झण्डैं दुई महिना पहिले न्यूजील्याण्डकी प्रधानमन्त्री जसिंदा आर्दर्नले बच्चा जन्माइन । उनले संसदमा पनि बच्चा लिएरैं सम्बोधन गर्ने गरेकी छिन । अहिले उनि संसारको पहिलो महिला नेतृ भइन जसले संयुक्त राष्ट्र महासभाको बैठकमा आफ्नो नवजात शिशुलाई सामेल गरिन । उनले आफ्नो बच्चालाई कम्मरमा बाँधेर राष्ट्र संघको बैठकमा भाग लिएकी हुन । आर्दन सोमबार साँझ संयुक्त राष्ट्रमा पुगिसकेका थिइन र उनीसँग तीन महिनाको छोरी छिन । नेल्सन मन्डेलाले शान्ति वार्तामा भाषण गर्नुअघि बच्चासँग खेलिरहेको थियो। जब उनले एक भाषण दिन जान थालिन तब अष्ट्रेलियाका उनका साथि क्लर्क गिफर्डले बच्चालाई समाते ।

अर्डनर्नले एकल्याण्डको अस्पतालमा २१ जूनमा छोरीलाई जन्म दिएकी थिइन । सन्तान जन्मेपछि उनले ६ हप्ताको विदा लिइन र अगस्तको सुरुदेखि काम गर्न थालिन । जब स्थानीय मीडियाले जसिंदा आर्दर्नलाई छोरी र सरकारलाई सम्बोधन गर्ने क्रममा सोधे उनि मुस्कुराइन । आर्दनले जवाफ दिदैं भनेकी थिइन, “यो एक मेरो लागि धेरै सुन्दर अनुभव हो।” उनले न्यूयोर्कमा न्यूजील्याण्डदेखि १७ घन्टाको उडान गरेपछि बाकी अन्य यात्रुसँग माफी मागेको थिइन । आर्दनले बच्चाको हेरचाह गर्नु र प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्नु आफ्ना लागि केही चुनौतिपुर्ण भए पनि अब सहज भएको जनाइन । एजेन्सी

सम्बन्धित खबरहरु