काबुल । अफगानिस्तानमा एक स्वः घोषित धर्मगुरुलाई मृत्युको सजाय सुनाइएको छ । महिलाहरुमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई ढुङ्गाले हानेर मार्न आदेश दिइएको छ । मलयालले महिलाहरुसँग उपचार को नाममा सम्बन्ध बनाउने र सामाजिक सञ्जालमा उनिहरुको भिडियो भाइरल बनाउँने गरेको आरोप लागेको थियो । अभियुक्तले आफुलाई डाक्टर भएको दाबी गर्ने गरेका छन ।

फरियाबको उत्तरपश्चिम क्षेत्रमा एक गाउँमा बस्ने महिलाहरूसँग दुर्व्यवहारको आरोप छ। एक महिला उनिकहाँ सहयोगको लागि गएकी थिइन । रसूलले उनको साथ दुर्व्यवहार गर्ने भिडियो खिच्ने र यौन सम्बन्ध बनाउँन चाहान्थे । उनले यो भन्दा पहिले पनि धेरैं महिलाहरुमाथि यस्तो कुर्काय गरेको प्रहरीले जनाएको छ । उनले एक भिडियो बनाउने र त्यस भिडियोलाई उनीहरूमाथि ब्ल्याकमेल गर्न प्रयोग गर्थे । यस्तो भिडियोहरू प्रायः सामाजिक सञ्जालमा भाइरल हुँदैछन्, तर भिडियोहरु कहिले बनाइएको भन्ने कुरा थाहा छैन।

भिडियोमा देखिएको छ त्यहाँ एउटा लामो दारी भएको केटा मान्छे हुन्छ । त्यहाँ एक जवान महिला पनि छ, जसले लामो लुगा लगाएको देख्न सकिन्छ । दुवैले त्यहाँ जमीनमा यौन सम्बन्ध बनाउँदछ। यस भिडियोमा देखाइएको स्त्रीलाई पहिचान गरिएको छैन किनभने उनले लामो कपडा लगाएकी थिइन । यो भिडियो हजारौं पटक हेरिएको छ। भिडियो सार्वजनिक पछि, धार्मिक कट्टरवादी देशहरु अहिले उनीहरूको सुरक्षाको लागि खतरा भएका छन । एजेन्सी

सम्बन्धित खबरहरु