वीरगञ्ज । प्रदेश २ लाई हरित प्रदेश बनाउने प्रदेश सरकारको योजनाअनुसार शुक्रबार एकै दिनमा ५० हजार विरुवा वृक्षारोपण गरिएको छ । यो अभियानमा प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदका साथै सर्वसाधारण पनि सहभागी भए । प्रदेश सरकारको अभियानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिएका छन् ।

तर, उनले वृक्षारोपणका लागि कुनै कष्ट गरेनन् । हो, पौडेल वृक्षारोपाण गर्न कुनै खाली ठाउँ वा चौरमा गएनन् ।मञ्चमै बसेर गमलामै वृक्षारोपण गरेका हुन् । कांग्रेसले विधान संशोधनको मस्यौदामा सुझाव संकलनका लागि वीरगञ्जमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।भेलाको उद्घाटनको क्रममा पौडेलले मञ्चमा गमलामा वृक्षारोपण गरेका हुन् । यसअघि दुई वर्षअघि असार १५ को धान दिवसमा तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा धान रोप्दा उनको आलोचना भएको थियो ।

 

सम्बन्धित खबरहरु