वि.सं. २०७५ असोज १४ गते आइतबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, आश्विन कृष्णपक्षको पञ्चमी तिथि, बिहान ०६:१० बजेसम्म, त्यसपछि षष्ठी तिथि, रोहिणी नक्षत्र, मध्यरात्रीपछि ०१:३१ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बेलुका ०८:५१ बजेसम्म, त्यसपछि व्यतिपात योग, तैतिल करण, साँझ ०५:१८ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, द्विपुष्कर बिहान ०४ बजेर ३० मिनेटपछि, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), १६ गते : सोह्र श्राद्धअन्तर्गत अष्टमी श्राद्ध, अष्टमी व्रत, गोरखकाली पूजा, भौमाष्टमी व्रत, महालक्ष्मी व्रतको समाप्ति, जितीया पर्व, जीवत्पुत्रिका व्रत, १७ गते : सोह्र श्राद्धअन्तर्गत नवमी श्राद्ध, मातृ नवमी,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
संर्घषको विचमा अनुकुल स्थित आउनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । केही चुनौती देखिए पनि मनोकामना पुरा गर्न सक्नुहुनेछ । आकस्मिक खर्च बढ्नाले मनमा चोट लाग्ला । खानपानको शोख बढ्नेछ नयाँ नयाँ भोजन गर्न मन लाग्न सक्छ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । आज लेनदेनको काम सफलतापुर्वक हुनेछ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो हुन सक्छ । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । तपाइको मेष राशि जसलाई मंगल ग्रहको राशि भनिन्छ । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यतित्वको प्रभावले सबैंलाई आर्कषण गर्नेछ । सुखको समय भए पनि किन किन खल्लो भएको जस्तो होला, निरास नहुनु होला । आँटेको काममा अलि ढिलाई होला तर काम रोकिने भने छैन । अवसरको खोजीमा भौतारिनु पर्ला अरुको बुद्धिको भर बाट भन्दा पनि आफ्नो बुद्धि चलाउनु पर्ला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने भावना आउँला । जो कोहि पनि व्यक्ति संग खुसि होला र आजको दिन धेरै जोश र जागरले भरिभराउ होला । तपाइको राशि बृष हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनले जीवनशैलीमा सहजता आउला, जीवनशैलीमा परिवर्तन आउन सक्छ । व्यावहारिक अलमलले काममा बाधा ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ, आँटेको काममा अलि ढिलाई होला । न्याय प्रिय र जनको उद्दारको लागि तत्पर हुनेछ । पराक्रमद्वारा धेरैं कामहरुमा लाग्नु पर्नेछ । अरूको मुख नताक्नु होला, प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । पशुपालन तथा कृषि क्षेत्र विकास, सुधार संसोधन देखिन्छ । चुनौतीहरु पन्छाउँदै अघि बढ्नु पर्ने जस्तो स्थिति आउन सक्छ र मुद्दा मामिलामा अघि बढ्न पर्ने जस्तो होला । तपाइको राशि मिथुन हो जुन बुध ग्रहको राशि हो त्यसैले बुध ग्रहको दिन अर्थात् बुधबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुधबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोरा छोरीहरुको याद आउन सक्छ, के गर्दै होलान कसो गर्दै होलान भनि मनमा कुरा खेल्नेछ । केहि लेखहरु वा कागज तयार ग पर्नेछ । मन मिल्ने मान्छेहरुको साथको अभाबको महसुस होला । कुनै संस्कृतिक पर्ब आदि आउन सक्लान । बिद्द्यार्थीहरुले पढ्ने लेख्ने कुरामा लापरवाही नगर्नु होला । देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो दाइ वा दिदि भन्नु पर्ने मान्छेहरुको साथ् र सहयोग पाइनेछ । तपाइको राशि कर्कट हो जुन चन्द्रमाको राशि हो त्यसैले चन्द्रमाको दिन अर्थात् सोमबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सोमबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार लगायत अन्य रोजगार, जागिर सम्बन्धि क्षेत्रमा राम्रो देखिन्छ । आमा बुवाको सुखमा वृद्धि हुनेछ , राम्रो राम्रो कुराहरु सुन्न पाइएला । छिमेक तिर वा टोल तिर अलि तनाबको वातावरण होला । जग्गाको कुराहरु बढे आउने हुन्छ र त्यस सम्बन्धि विशेष योजना गर्नु पर्नेछ । कमजोरी र आफ्नो अल्छिपन सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई व्यवहारिक गाह्रो र झन्झट होला । सफलताको सम्भावना बढेर आएको देखिन्छ, धेरै काम कुरा बन्लान केहि नभए पनि सानो २ देखि ३ ओटा भए पनि अवस्य बन्नेछ । तपाइको राशि सिंह हो जुन भगवान सुर्यको राशि हो त्यसैले सुर्यको दिन अर्थात् आइतबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र आइतबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनुकुल स्थिति आउन सक्ने हुन्छ, बिग्रेको काम कुरा आफै बन्ने वातावरण मिल्ने देखिएको छ । यात्राको माहोल बनेको छ, तर घुम्न नै पाँउछ भन्न सकिन्न । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाट पनि कम इज्जत गरेको जस्तो होला । आफ्नो भन्दा ठुलो मान्छेको कुराको दबाब होला । आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ, नयाँ काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । गुरु जनहरुको आर्शिवाद पाईएला र विवाह आदि मंगलमय उत्सवमा सहभागि भइनेछ । तपाइको राशि कन्या हो जुन बुध ग्रहको राशि हो त्यसैले बुध ग्रहको दिन अर्थात् बुधबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुद्धबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोजगारीले नयाँ मोड लिएको छ । काम पनि ठुलो हुनेछ र गाह्रो सजिलो दुवै हुनेछ । रोग आदि भए त्यसलाई कम गर्न सक्नुहुनेछ । बोल्नु भन्दा पहिले सोचेर बोल्नु होला । बिपक्षी कमजोर वा बलियो जे भए पनि सन्तुलन गरि रहन आवश्यक छैन । मेहनत गर्दा बिस्तारै काम बन्ने देखिएको छ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । सम्झौता हुन सक्छ अर्थात् यसरि वा त्यसरी काम गरु भन्ने सोच आउन सक्छ । तपाइको राशि तुला हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्म सन्तुष्ट हुनु भन्दा अरूलाई प्रभावित गर्न मन हुनेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने हो भने सफलता मिल्नेछ । केही चुनौती देखिए पनि मन भए पुरा गर्न सक्नुहुनेछ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो हुनेछ । कार्यक्रम आयोजना आदिको छलफल गर्न जानु पर्ने जस्तो देखिएको छ । नसोचेको मान्छेसँग भेट होला । आफन्त परिजनको सम्झना आउला । व्यतिको प्रभाव अलि फिका हुँदा सबलाई प्रभाव पार्न अलि मेहनत गर्नु पर्नेछ । अरुको सहयोगबाट यसरि अघि जानु भनि बुद्धि निकाल्न सके सजिलो होला । तपाइको राशि बृश्चिक हो जुन मंगल ग्रहको राशि हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिरको समय आएको छ । मुद्दा मामिलामा अघि बढ्नु पर्ने होला । सहि तरिकाको बोलचालले सजिलै काम समाप्त पार्न सकिएला । हिसाबकिताब हेर्नु पर्ने समय आएको छ । दिनु पर्ने कुराहरु भए तिर्न सकिएला । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला, सजक रहनु होला । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला तर अरु सबैं ठिक छ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ, अलि ध्यान दिनु होला । तपाइको राशि धनु हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनत गर्दा काम बन्न सक्छ साथैं काम बिग्रन पनि सक्छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो होला । यदि सम्मानको अरुसँग प्रस्तुत हुँदा काम बन्ने देखिएको छ । धेरै विद्युतीय उपकरण चलाउनु पर्ने काम आउला । पेट आदिको रोग भए अलि सन्चो होला । मोज मस्ती गर्नमा ध्यान जाला, बिन्दास रुपले दिन कट्ने छ । कसलाई भेटने हो भन्ने जस्तो मन होला । तपाइको राशि मकर हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रहको दिन अर्थात् शनिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शनिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ, सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । रोकिएका काम बनाउन सकिनेछ । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । जमिन किन्न खोज्दै हुनु हुन्छ भने पाउने योग बनेको छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिकी कामहरु बढेर आउनेछन । कामको अलमल हुनेछ, रोजगारीबाट जिम्मेवारी बढेर आउने देखिएको छ । आजको दिन साँस्कृतिक रुपमा महत्त्वपूर्ण हुनेछ । तपाइको राशि कुम्भ हो जुन शनि ग्रहको राशि हो त्यसैले शनि ग्रहको दिन अर्थात् शनिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शनिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लेख्ने पढ्ने काम बढ्छ तर केहि अबरोध भने आउन सक्छन । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताकि आफ्नै शैलिले काम गर्दै रहनु होला । गुरु जनहरुको साथ पाईएला, सेवा गर्नु पर्ने पनि होला । घुमफिरको समय र वातावरण तयार गर्नु पर्ला । नाति नातिना आदिलाई केहि गर्नु पर्ने कामहरु आउला । खेलकुदमा मन भए त्यसमा समावेस भइएला । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । यसो हेर्दा समय राम्रो छ पारिवारिक कुराहरु विस्तारै विस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्नेछ । तपाइको राशि मीन हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सम्बन्धित खबरहरु