काठमाडौं । दुई ठुला पार्टीहरु मिलेर अहिले नेपाल कम्युनिस्ट पार्टी सबैंभन्दा ठुलो शक्तिको रुपमा रहेको छ । माओवादी र एमाले बिचको एकतापछि अहिले नेकपा सबैभन्दा ठुलो शक्तिमा उदय भएको छ । एकता भन्दा पहिले पनि अहिले तेस्रो वरीयताका रहेका नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीसँग सन्तुष्ट छैनन । उनले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन्।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बित्दासमेत तल्ला तहको कमिटी एकीकरणमा विलम्ब भइरहेका बेला नेता नेपालसहितका नेताहरूले संस्थापन पक्षबाट पेलाइमा परेको गुनासो गरेका छन्। नेता नेपालले शुक्रबार सार्वजनिक रूपमै पार्टी एकता प्रक्रिया र प्रवृत्तिबारे मुख खोलेका हुन्। आफू विदेश भ्रमणबाट फर्किएपछि प्रदेश पदाधिकारीको टुंगो लगाउने पूर्वसहमतिविपरीत दुई अध्यक्षसहित सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेता नेपाल असन्तुष्ट छन्। आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु