काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली राजनीतीका एक महत्वपुर्ण पात्र हुन । उनले नेपाली राजनीतीमा निकैं ठुलो परिवर्तन ल्याउन सक्छन भन्ने आम बुझाई रहँदैं आएको छ । तर, एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छिन्, सीता ।

१० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् । र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो । ३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो । आजको नेपाल साप्ताहिकमा खबर छ ।

सम्बन्धित खबरहरु