काठमाडौ । सरकारले गरेका काम कारवाहीको निगरानी गर्न, भ्रष्टाचार विरुद्ध क्रियाशील रहन, छायाँ सरकार गठन गरी त्यसको रिपोर्टिङ्ग समेत गर्न पाउने अधिकार चुनावमा भाग लिने वा नलिने सबै शक्तिहरुले पाएका हुन्छन् । लोकतन्त्रको त्यो सुन्दर पक्ष पनि हो । त्यो वैधानिक रुपमा संसारभर मान्य पनि छ । त्यसै मान्यताका आधारमा स्वतन्त्र राष्ट्रिय अभियानले केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारका छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार केन्द्रदेखि स्थानीय सरकारसम्म नै जनप्रतिनिधी बनेका, नबने पनि स्थानीय केन्द्रसम्म ठेक्कापट्टा मिलाउनेदेखि सरुवा बढुवा, नियुक्ति मिलाउने आदि काममा संलग्न पार्टी नेता तथा कार्यकर्ताको समेत र जनताको काम नगर्ने कर्मचारी प्रशासन समेतको निगरानी गर्न, जनताको हुनै पर्ने काम पनि समयमा नभएकोमा किन नभएको हो भनी सोधखोज गरी रिपोर्ट गरेर अभियानले सञ्चालन र सहकार्य गर्ने सञ्चार माध्यमम देखाउनका लागि रिपोर्टिङ्ग गर्न हरेक नेताको पछाडि दुई दुई जना व्यक्तिलाई जिम्मेवारी दिइने निर्णय समेत भएकोमा अभियानले आन्तरिक रुपमा यसको स्थापनाकालदेखि संलग्न एक एक जना वकील र पत्रकारिताको ज्ञान भएका नयाँ तथा पुराना व्यक्तिलाई जिम्मेवारी दिने निश्चित भई बाँकी एक एक जना इच्छुक निडर, निर्भिक र हक्की भ्रष्टाचार विरुद्ध लड्ने इच्छाशक्ति भएका व्यक्तिहरुलाई सो छायाँ सरकारमा जिम्मेवारी यो महाभियानमा सरिक हुनका लागि आवेदन दिनुहुन स्वतन्त्र राष्ट्रिय अभियान हार्दिक आह्वान गर्दछ ।

जीव्नमा एउटा लडाईँ पनि नलडी मर्ने मान्छे मान्छे होइन, त्यसैले भ्रष्टाचार विरुद्धको लडाई लड्न अभियन्ताहरुलाई स्थानीयदेखि केन्द्रसम्मको छायाँ सरकारको जिम्म्ेवारी तोकिएको पत्र र परिचयपत्र समेत दिइने छ । उहाँहरुको काम हरेक दिन मालपोत, स्थानीय निकाय लगायतका कार्यालयमा सेवाग्राहीहरुसम्म पुगी त्यहाँ परेका पीडाको बारेमा जानका्ररी दिई मोबाइलबाटै तस्वीर तथा भनाइहरु खिचेर अभियानको कार्यालयमा उपलब्ध गराउने र जनताको समस्या समाधान गर्न सहयोगी बन्नु नै हुनेछ ।

उहाँहरुले पठाएका सम्पूर्ण कुराहरु सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने प्रबन्ध पनि सञ्चार माध्यहरुसँग सहकार्य गरी स्वतन्त्र राष्ट्रिय अभियानले मिलाएको छ । सो सम्बन्धमा पर्न सक्ने सम्पूर्ण कानुनी लडाइँहरु स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट यसको स्वतन्त्र कानुन व्यवसायी संघले गर्ने छ ।

आवेदक कुनै पनि राजनीतिक दलमा विश्वास राख्ने वा भए पनि कुनै पनि औपचारिक कमिटीमा नभएको हुनु पर्ने छ । आवेदन स्वीकृत भएपछि मात्र छायाँ सरकारमा जिम्मेवारी तोकिने छ । सो पश्चात स्वतन्त्र राष्ट्रिय अभियानले प्रशिक्षण समेत दिइने छ । यसका लागि आफ्नो आवेदन कधबनबतउब२िनmबष्।िअयm मा इमेल गर्न वा यहाँ इन्बक्समा सेन्ड गर्न समेत सक्नु हुनेछ । यहाँ कमेन्टका रुपमा राखिएका आवेदनलाई स्वीकार गरिने छैन । आवेदनमा आफ्नो स्थायी र अस्थायी ठेगाना, फोन उल्लेख हुनु पर्ने छ । आउनुहोस् यो ज्यान भोलि मरेर गएमा केही काम आउँदैन त्यसैले जीवनलाई सार्थक बनाउने देश सेवाको काममा एक पटक जुटाँै । भ्रष्टाचार विरुद्ध लड्दै छायाँ सरकारमा सहभागी बनौ ।
संयोजक
स्वागत नेपाल, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल, ९८५१०१७७१०

सम्बन्धित खबरहरु