काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहसहित स–परिवार बेला–बेला थाइल्याल्ड गइरहनुको रहस्य खुलेको छ । उनी पछिल्लो समय नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेको खुल्न आएको छ । उनले नेपालको गणतन्त्रबिरुद्ध नयाँ ‘ग्राण्ड डिजाइन’ बनाउदै गरेको गोप्य स्रोतले बताएको छ । ज्ञानेन्द्र पटक–पटक थाईल्याण्ड जाने गरेको र उनले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभललाई भेटने गरेको खुलेको छ ।

नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्र भेट्न बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ज्ञानेन्द्रले पछिल्लो समय विभिन्न अवसर पारेर राजनीतिक वक्तव्यबाजी गर्दै आएका छन् । ती वक्तव्यमा उनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व असफल भएको, जनतामा चरम निराशा व्याप्त भएको भन्दै आफू विकल्प दिन सक्ने बताउने गरेका छन् । यही मौका छोप्नका लागि नरेन्द्र मोदीको सरकारपनि ज्ञानेन्द्रको साथमा रहेको बुझिएको छ । यता अहिलेको सरकारसँग देखावटी साथ दिने रणनीतिक रुपमा ज्ञानेन्द्रको पछि लाग्ने गरेको तथ्य बाहिर आएको छ ।

सम्बन्धित खबरहरु