काठमाडौ । माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयूम धरौटीमा रिहा भएका छन् । मल्दिभ्सको उच्च अदालतले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । गयूम र उनका छोरा फारिस मौमुनलाई विवादास्पद केही मुद्दामा जेल पठाइएपछि गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाइ भई जेलमुक्त गरिएको हो ।

माल्दिभ्सको इतिहासमा सबैभन्दा लामो समय सत्ताको नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाइ राष्ट्रपतिको निर्वाचनमा पराजित भएको एक हप्तापछि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । हालै भएको निर्वाचनमा ५८ दशमलव ४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित इब्राहिम मोहमद सोलिहले वर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो । (एजेन्सी)

सम्बन्धित खबरहरु