काठमाडौ । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा डा तुलसीराम वैद्य पुनःनिर्वाचित हुनुभएको छ । प्रतिष्ठानको प्रथम वार्षिक साधारणसभाले लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा वैद्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको नामकरण गर्नुहुने शिरोमणि आचार्यका बारेमा अध्ययन अनुसन्धान गर्नेलगायतका उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा नेपालका लागि चीनका पूर्वराजदूत राजेश्वर आचार्य, महासचिवमा पत्रकार बाबुराम आचार्य, कोषाध्यक्षमा स्व शिरोमणि आचार्यकी नातिनी कञ्चन शर्मा आचार्य र सदस्यमा प्रा डा सुरेन्द्र केसी, उद्योगपति एवं पूर्वसांसद कृष्णप्रसाद आचार्य र प्रा डा मीना ओझा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित प्रा डा वैद्यले इतिहास शिरोमणि बाबुराम आचार्यले मुलुकका लागि पु¥याएको योगदानको कदरका लागि प्रतिष्ठानले उल्लेखनीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारणसभाले महासचिव आचार्यको आगामी वर्षको कार्यक्रम योजना र कोषाध्यक्ष कञ्चन शर्मा आचार्यको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

सम्बन्धित खबरहरु