काठमाडौ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो ३४ वर्षीया स्कुल टिचर क्याथरीन मेरार्गासँग बलात्कार सम्बन्धी आरोपहरू विरुद्ध लडिरहेका छन । क्याथरीन भन्छिन कि यी स्टार फुटबलरले सन् २००९ मा लस भेगास होटेलमा उनको इच्छा विपरित यौन सम्बन्ध बनाए । तथापि, पछि दुई अदालतले यस घटनालाई साम्य पारेका थिए । तर पछि क्याथरीनका अनुसार रोनाल्डोलाई उनले गरेको अपराधको सजाय नपुगेको जस्तो लाग्यो । उनले अहिले नौं वर्ष पछि, रोनाल्डोलाई सजाय दिन नागरिक अदालतमा आवेदन दिइन । अहिले रोनाल्डो माथि यस्तो आरोप लागेपछि संसारको ध्यान उनिमाथि रहेको छ ।

अहिले उनका सर्मथक र विरोधी दुवैं किसिमका मानिसहरु फेला पर्ने गरेका छन । हालैं, रोनाल्डोको समर्थन जर्जिया रोड्रिजुजले गरेकी छिन । तपाईलाई जानकारी गराउँ उनि रोनाल्डोकी प्रेमिका हुन । जर्जियाले आफ्नो इन्स्टाग्राम खातामा एक पोष्ट पोस्ट गरेकी छिन जसमा उनले रोनाल्डोलाई समर्थन गर्न आग्रह गरेकी छिन । जर्जियाले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छन कि तपाईंले सधैँ आफ्नो मार्गमा आउने अवरोधलाई छिचोलेर आफुलाई अगाडी पुर्याउनु भएको छ। यसबाट थाहा हुन्छ तपाईं कति महान् हुनुहुन्छ । एजेन्सी

सम्बन्धित खबरहरु