काठमाडौं । नेपाल महात्म गान्धीको बाटो जान चाहेको रक्षामन्त्री इश्वर पोखरलले बताएका छन । आज महात्मा गांधीको १५० औं वर्षगांठको अवसरमा आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, “नेपाल गांधीको शान्ति र गैर-हिंसा साथैं आर्थिक समृद्धि र कल्याणको सिद्धान्तमा रहनेछ।” पोखरेलले भने, “गान्धी केवल भारतका मात्र पिता होइनन विश्वभर शान्ति र गैर-हिंसाको शन्देस प्रवाह गर्ने व्यक्तित्व हुन ।” कार्यवाहक प्रधानमन्त्री समेत रहेका पोखरेलले भने “जीवनमा आफ्ना सिद्धान्तहरू लागू गरेर गान्धीले शान्तिपूर्ण सहानुभूतिको बाटो देखाए।” उनले नेपालले हालै एक दशक लामो शान्ति प्रक्रिया पूरा गरेको बताउँदैं अब नेपाल आर्थिक प्रगतिको बाटोमा गांधीको गैर-हिंसा र शान्तिको सिद्धान्त पछ्याउने बताए ।

सम्बन्धित खबरहरु