एजेन्सी । तपाई हामी धेरैलाई थाहा छ की आकाशबाट पानी बर्षा हुन्छ । तर विश्वको यस्तो चमत्कारीक ठाउँपनि छ जहाँ पानी जसरी नै माछाको बर्षा हुन्छ । बर्सातको रुपमा पानी झर्ने कुरा त सबैलाई सामान्य लाग्छ । तर यो असामान्य सत्यदेखि विश्वका सबै मानिस चकित हुन्छन् । प्रदुषणको कारणले गर्दा हुने एसिड रेनको बारेमा पनि हामीलाई केही थाहा छ । तर कहिल्यै तपार्इले माछाको बर्षातको बारेमा सुन्नु भएको छ ? आज हामी तपार्इलाई यसैको बारेमा जानकारी दिन्छौ ।

हाम्रो लागि माछाको बर्षात हुनु धेरै नै अचम्मको कुरा हो । तर मध्ये अमेरिकाको हौंड्यूरसमा बस्ने मानिसहरुको लागि यो कुनै नौलो कुरा होइन । यस देशको राजधानी योरोमा लगभग हरेक वर्ष माछाको बर्षात हुने गर्दछ । यहाँ १०० वर्ष पहिलेदेखि माछाको बर्षात हुने गरेको कुरा बताइएको छ । यसै कारणले गर्दा यहाँका मानिसहरुले बर्षातको समयमा ” दे लिउभिया दे पेसेस ” नाम गरेको महोत्सव मनाउन थालेका छन् ।

पहिलो चोटी यस्तो बर्षात हुँदा मानिसहरुले यसलाई चमत्कार भएको मानेका थिए । तर यसपछि हरेक वर्ष हुन थालेपछि यहाँका मानिसलाई यो सामान्य लाग्न थालेको हो । बर्षात को समयमा यस ठाउँको सडक माछाले भरिएको हुन्छ भने बर्षात रोकिसकेपछी यसलाई सडकबाट हटाउने गरिन्छ । हेर्नुहोस् भिडियो, भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु