काठमाडौ । आज हामी अत्यन्तै अनौठो तस्विर देखाउँदैछौ । मानिसहरुको मात्र होईन जनावरहरुको स्वभाव र प्रबृती पनि अचम्मको हुने गर्छ । यस्तै घटना भयो न्युजिल्याण्डमा जहाँ एउटा भेँडा ६ बर्षसम्म गुफामा गुप्तबास नै बस्यो । सन् १९९७ मा न्युजिल्याण्डमा एउटा भेंडा १७ हजार भेंडा भेँडाको हुलबाट भागेर गुफामा लुक्योे । जिद्दी र डरपोक स्वभावको उक्त भेँडा भेंडा मालिकको आँखा छलेरै ६ वर्षसम्म गुफाभित्रै बस्यो । जब ६ वर्षपछि अचानक मालिकले भेँडालाई गुफामा भेटे तब त्यसलाई कुनै भेँडा हो भनेर छुट्टाउँनै गाह्रो प¥यो । ४ वर्षको उमेरमा गुफा पसेको भेंडा १० वर्षको उमेरमा बाहिर निस्किँदा जिउमा २०जना मानिसलाई शुट बनाउन पुग्नेजति ऊन पालेको थियो ।

 

भेंडाको उनले ढाकिएर डल्लोजस्तै बनेको त्यो भेंडाको तस्वीर त्यसबेला खुबै चर्चित बनेको थियो । चर्चासँगै यो भेंडाको नाम श्रेक राखिएको थियो, जुन एउटा एनिमेटेड फिल्मको पात्रको नाम हो । भेंडा सेलिब्रेटी नै बन्यो र उसको जिउबाट काढिएको ऊन महंगोमा लिलाम भयो । तर उक्त भेँडाको मुत्यु भने सन् २०११ मा नै भईसकेको छ । जुन भेँडा मर्दा न्युजिल्याण्डमा कुनै राजनेता मृत्यु हुँदाको जस्तै गरी शोक मनाईएको थियो । हेरौ केही तस्विरहरु

सम्बन्धित खबरहरु