धनगढी । नेपाली समाजमा आज पनि बोक्सीको आरोपमा धेरैं महिलामाथि दुव्र्यवहार हुने गरेको छ । अन्विश्वासले सिमा पार गरिरहेको छ । नेपाली समाज आज कुन बाटोमा छ यसैं भन्ने अवस्था रहेको छैन । धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

२ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा लागेको भन्दै दुव्र्यवहार गरेको जोखनका छोरा पदमले बताए । “बुबा (जोखन) खेतमा रहेको नालामा राँगालाई पानी खुवाउँदै थिए, भीख्खु त्यहीँ पुगेर बुबालाई पटकपटक पानीमा चोब्न थाल्यो,” उनले भने, “त्यसपछि चौराहमै ल्याएर बुबालाई नांगेझार पारियो । ”

एउटै समाजमा बस्नुपर्छ भनेर सुरुमा पीडित परिवार चुपचाप बस्यो । तर उनलाई जहाँ देख्यो त्यही बोक्सो भनेर मारिदिने धम्की दिन थालेपछि नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर उजुरी दिएको छोरा पदमले बताए । अहिले भीख्खु प्रहरी नियन्त्रणमा छन् । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु