मकवानपुर । दुध बोक्ने हेटौंडा दूग्ध वितरण आयोजनाको गाडीमा रक्सी ओसारपसार गर्ने गरेको खुलेको छ। बाराको अमलेखगन्जमा सवारीसाधन चेकजाँचका गर्ने क्रममा प्रहरीले उक्त ना ३ ख ११७८ नम्बरको गाडीबाट तीन सय लिटर अवैध मदिरा बरादम गरेको जनाएको छ ।

दूधको गाडीमा मदिरा लिएर आउने मकवानपुर हेटौडा –९ का राम लामा र प्रेम अधिकारी, पर्सा वीरगन्ज २ का मुमताज अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। कारबाहीका लागि गाडीसहित पक्राउ परेकाहरूलाई आन्तरिक राजश्व कार्यालय सिमरा, बारा पठाइएको छ।

सम्बन्धित खबरहरु