दोलखा । दोलखामा सुनको अक्षरले लेखिएको दुर्लभ पुस्तक भेटिएको छ । उक्त पुस्तक करोडौं मूल्यमा बिक्री गर्ने उद्देश्यले बोकेर हिडिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तिब्बती भाषाको सुनका अक्षर भएको उक्त पुरातत्व महत्व बोकेको पुस्तक भएको प्रहरीले जनाएको छ ।

प्राचीन गुम्बामा पाइने सुनका जलपका अक्षरहरु भएको लामा पुस्तक ४९ थानसहित अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोलखा भीमेश्वर नगरपालिका— ३ का शिवहरी थापाले बोकी हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीसहित उक्त वडा बस्ने टेकबहादुर थामी र उद्धव गौतमले मिलेर पुरातात्विक महत्वको वस्तु बिक्री गर्ने प्रयास गरेका थिए ।

उनीहरुले उक्त पुस्तक करोडौ मुल्यमा बेच्न लागेको बयान दिएका छन् । पुरातत्व विभागले प्रहरीलाई पठाएको जानकारीमा उक्त व्यक्ति पक्राउ गरिएको हो । उक्त वस्तु एक सय वर्षभन्दा पुराना पुरातात्वक महत्वभित्र पर्छ ।

 

सम्बन्धित खबरहरु