एजेन्सी । थाइल्याण्डका राजा र उनको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ। राजा महाभाजिरालोङकोर्न र उनको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ। थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ भने त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ। थाइल्याण्डका जनताले अति आदर गर्ने तत्कालिन नरेश भूमिबोलको निधन भएपछि अहिले नका छोरा राजा बनेका छन्।

स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले एएफपीलाई दिएको जानकारी अनुसार हालै मात्र ४०० सुरक्षाकर्मीहरू थपिएका छन्। थपिएका सुरक्षाकर्मीहरू अपराध नियन्त्रण विभागबाट ल्याइएको नले जानकारी दिए। उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारका बारेमा पनि प्रशिक्षित गरिएको छ।

“अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरूको संख्या एक हजार ६१७ पुगेको छ” तोर्साकले भने। उनीहरूले करिब पाँच वर्ष त्यहाँ सेवा गर्ने बताइएको छ। शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई दश उप विभागमा विभाजन गरेर जिम्मेवारी दिइएको छ। एजेन्सी

सम्बन्धित खबरहरु