भक्तपुर । व्यस्त जीवनशैली र अव्यवस्थित लवाईबवाईका कारण अहिले स्तन क्यान्सर बढ्दैं गएको छ । नेपालमा पछिल्लो समय महिलाहरुमा मात्रैं नभई पुरुषहरुमा पनि क्यान्सर देखिन थालेको छ । सिन्धुपाल्चोक चौताराका ६० बर्षीय हर्कबहादुर तामाङको देब्रे स्तनमा ७ बर्षअघि सानो गिर्खा देखियो । तर त्यतिबेला उनले खासै वास्ता गरेनन् । ४ महिना अघि भने एक्कासि बढ्यो र दुख्न थाल्यो । उनलाई छोरी रेनुले भक्तपुर क्यान्सर अस्पताल पुर्‍याएर सर्जिकल अन्कोलोजिस्टलाई भेटाइन् ।

अस्पतालमा स्किनिङ, म्यामोग्राम गराइन । चिकित्सकले स्तन क्यान्सर फैलिएको छरछैन् प्रष्ट पारे । ‘बुबाको स्नतको पुरै भाग निकाल्नुपर्‍यो’, उनले भनिन् । हर्क बहादुर स्तन अप्रेसन गरी २२ दिनदेखि अस्पतालमा थप उपचार गराइरहेका छन् । ‘शरिरमा कुनै गिर्खा आयो भने क्यान्सरको संकेत भन्ने सुनेकी थिएँ र बुबालाई क्यान्सर अस्पतालमा ल्याएँ,’ रेनुले भनिन् ।

हर्कबहादुर मात्र होइन । ६ महिनायता ४ पुरुषको स्तन क्यान्सरको अप्रेसन गरेको भक्तपुर क्यान्सर अस्पतालका कन्सलटेन्ट अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठ बताउँछन् । “विश्वमा एक प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सर भएको तथ्यांक छ तर पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको संख्या बढ्दो छ”, उनले भने, “गतबर्ष २ जनाको स्तन क्यान्सरको अप्रेसन गरेको थियो, ६ महिनामा ४ जना थपिए ।” आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु