सुर्खेत । नेपालमा वैकल्पिक शक्तिको रुपमा उदयमान विवेकशील साझा पार्टीले गएको निर्वाचनमा सोचेनुरुप सफलता हात पार्न सकेन । अहिले साझाले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ । साझा पार्टीले देशैंभरि विभिन्न क्षेत्रहरुमा बृहत छलफल साथैं भेला गरेर जनताको बिचमा आफ्ना कुरा राख्ने काम गरिरहेका छ । अहिले देशव्यापी दौडाहामा संयोजक रविन्द्र मिश्र लगायतको टोली रहेको छ ।

शुक्रवार प्रदेश नम्बर ६ को मुटु वीरेन्द्रनगर सुर्खेतमा विवेकशील साझा पार्टी कर्णाली प्रदेशले नागरिक अभिनन्दन तथा संगठन विस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दैं संयोजक मिश्रले कांग्रेस लथालिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भताभुंग भएको दावी गरेका छन् । देशैंभरि बलात्कार जस्ता अपराधका घटनाहरु बढिरहेको बेला सरकार मुखदर्शक भएर बसेको समेत्त उनले आरोप लगाए ।

उनले दुई तिहाईको बहुमत पाएको बामपन्थी सरकारले गएको ६ महिनामा जनअपेक्षा अनुसार कुनै काम गर्न नसकेको बताए । उनका अनुसार सरकारले आफैंले गरेका निर्णय कार्यान्वन गर्ने कुरामा एक कदम अगाडि जानुपर्नेमा पछाडि गएको जनाएका छन ।

देशमा भ्रष्टाचार मौलाउँदै गएकाले मिश्रले पुराना पार्टीले अव विश्राम लिएर नयाँ पार्टी र नयाँ पुस्तालाई देश निर्माणको जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने समय आएको पनि बताए। कार्यक्रममा विवेकशील साझाका केन्द्रीय सदस्य केशव दाहालले हिजोका पुराना पार्टीले कर्णालीलाई उपेक्षा गरेकाले कर्णाली गरिब भएको जिकिर गरे । कार्यक्रमलाई विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य चन्द्र परियार कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल, पार्टीका सुर्खेत जिल्ला संयोजक ओमदत्त रेग्मी, लगायतले सम्बोधन गरेका थिए।

सम्बन्धित खबरहरु