काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन अवधिभर हामी यहाँलाई कक्षा ११ को नतिजाको बारेमा प्रत्यक्ष जानकारी गराउने छौ । हामीले भर्खरै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलसँग कुरा गरेका थियौं ।

नतिजा प्रकाशनको लागि उहाँहरु कार्यालयमा आइसक्नुभएको र सबै तयारी सकिएमा नतिजा आज बेलुका सम्ममा प्रकाशित गर्ने जानकारी दिनुभयो । हामीपनि जतिसक्दो सजिलो र छिटो नतिजा हरेक परीक्षार्थीसम्म पुर्याउन सक्दो प्रयास गर्नेछौ । लाईभ अपडेट निरन्तर जारी राख्नेछौ । तपाईहरुको सिम्बोल नम्बर कमेण्टमा दिनुहोस् हामी नतिजा प्रकाशन हुनासात तत्काल प्रकाशन गर्नेछौ ।

 

सम्बन्धित खबरहरु