मलेसियामाथिको शानदार जितपछि नेपालका कप्तान पारसको विश्वभरी प्रशंसा : भने कप्तानीत यस्तो पो !


काठमाडौ । मलेसियामा जारी आइसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । आज भएको खेलमा घरेलु टिम मलेसियालाई आठ विकेटले पराजित गर्दै दोस्रो खेलमा पनि नेपाल विजयी भएको हो । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले २ विकेटको १२.४ ओभरमा भेट्टायो ।

नेपालका लागि आज कप्तान पारस खड्काले अर्धशत प्रहार गरे । उनले ३७ बल खेल्दै ५२ रनमा अविजीजत रहे । उनले पाँच चौका र २ छक्काको मद्दतले सो रन बनाएका हुन् । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल २७ रनमा अविजीत रहे । उनले २ चौका र एक छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहेका हुन् । यसअघि नेपालले २ विकेट सस्तैमा गुमायो । पहिलो विकेटका रुपमा नेपालका अनिलकुमार शाह १ र विनोद भण्डारी १२ रनमा आउट भएका थिए ।

बलिङमा मलेसियाका पवनदिप सिंह र सायदले समान एकएक विकेट लिए । यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै १०१ रन बनाएको थियो । आज उसका लागि मोहम्मद सरफिले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ रन लिन सफल भए ।

कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो । यो खेलमा नेपालका कप्तान पारस खड्काको खुबै प्रशंसा गरिएको छ । विश्वसमुदायले नै वाऊ कप्तानी त यस्तो पो त भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं