काठमाडौ । जुवा खेलिरहेका युवालाई पक्राउ गर्न खोज्दा प्रहरीको कारबाहीमा परी दुई जना जुवाडेको मृत्यु भएको छ भने अन्य २४ जना पक्राउ परेका छन्। बुढानिलकण्ठ न.पा. कपन निवासी करीव ४३ वर्षीय सरोज घले र जिल्ला सिन्धुपाल्चोक साबिक सिम्पलकाफले गा.बि.स.वडा न ६ घर भइ हाल इन्द्रावती गा.पा.वडा न १ बस्दै आएका अन्दाजी ३८ वर्षका सोमलाल तामाङ्गको मृत्यु भएको हो।

झ्यालबाट हामफाल्न खोज्दा सख्त घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले ४ लाख ५८ हजार २ सय २५ रुपैयाँ नगदसहित विभिन्न सामान समेत बरामद गरेको जानकारी दिएको छ।

सम्बन्धित खबरहरु