काठमाडौ । सामान्यतया कुनै काम गर्नु अघि, काम सुरु गर्न उपयुक्त समय देख्नुपर्छ ताकि काममा कुनै बाधा नहोस । यदि तपाइँ पनि आइतबार (आज) कुनैं शुभ कार्य गर्ने योजना बनाईरहनु भएको छ भने , आज हामी यहाँ तपाईंको शुभ समयको बारेमा चर्चा गर्नेछौं जसले तपाईको कामलाई सफल बनाउन सहयोग गर्नेछ । उपयुक्त समय हेरेर काम गर्दा तपाईको काममा कुनैं पनि बाँधा आउँने छैन । तपाईले आफ्नो काममा सहजैं सफलता प्राप्त गर्न सक्नुहुनेछ । आउँनुहोस जानौं आजको दिनको बारेमा।।।।

आजको ग्रहनक्षत्रः आज मिती २१ असोज २०७५ अर्थात ७ अक्टोबर २०१८, दिन आइतबार, महिना असोज, तिथि कृष्णा त्रयोदशी दिउँसो १ः५७ सम्म, योग शुक्ला बेलुका ८ः१४ सम्म, करान वाराणज दिउँसो १ः४७ , भद्रा राती १२ः३२ सम्म, नक्षत्र, पुर्वाफाल्गुनी दिउँसो ३ः३ सम्म, सूर्योदय आज विहान ५ः५१ मा भएको छ भने सूर्यास्त बेलुका ५ः२१ मा हुनेछ ।

चंद्र राशि कन्या र चंद्रोदय बिहान ४ः३२ बजे भयो । आजको शुभ समय, अभिजित मुर्हत दिउँसो २ः३९ देखि लिएर ४ः७ मिनेटसम्म रहेको छ भने, राहुकाल ४ः१५ देखि ५ः४५ सम्म हुनेछ राहुकालको समयमा कुनैं पनि काम थालनि गर्दा राम्रो हुँदैन । यो योग निक्कै दुर्लभ संयोग मानिन्छ । बर्षौपछि फेरी यो योग बनेको छ । राहुकाल बाहेकको समय कुनै नयाँ काम थाले उक्त काम औधि राम्रो हुने मान्यता ज्योतिषशास्त्रमा छ ।

सम्बन्धित खबरहरु