काठमाडौ । राष्ट्रीय परीक्षा बोर्ड (एनईबी) ले कक्षा ११ को मौका परीक्षाको मिति तोकेको छ । योग्य परीक्षार्थीका लागि ग्रेड वृद्धि (संभावना) परीक्षाका सम्बन्धमा सूचना जारी गरिएको हो । बैशाख जेठ महीनामा भएको परीक्षामा नियमित परीक्षामा भाग लिने परीक्षार्थीहरुले निम्नलिखित शर्तमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विद्यार्थीले सबै विषयमा सी या त्यो भन्दा उच्च ग्रेड हासिल गरेका छन् तर केवल एक विषयमा अनुपस्थित छन् भने उक्त विद्यार्थीले यो मौका परीक्षामा सामेल हुन पाउनेछन् ।

एक विषयमा मात्र डी आयो अरुमा त्यो भन्दा माथी छ भनेपनि उक्त विद्यार्थीले परीक्षा दिन पाउनेछन् । थप जानकारी सूचनाबाट लिनुहोला । नोटिस अनुसार, ग्रेड वृद्धि परीक्षा मंसिर ८, २०७५ देखि हुने घोषणा गरिएको छ । यो जानकारी सबै समक्ष पुग्नेगरी सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु