वि.सं. २०७५ असोज २२ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:४१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, आश्विन कृष्णपक्षको चतुर्दशी तिथि, दिउँसो १०:५१ बजेसम्म, त्यसपछि अमावस्या तिथि, उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०१:५९ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), ब्रह्म योग, साँझ ०६:५१ बजेसम्म, त्यसपछि ऐन्द्र योग, शकुनि करण, बेलुका १०:०३ बजेसम्म त्यसपछि चतुष्पाद करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा :

पश्चिम, वारशूल : पूर्व, नक्षत्रशूल : उत्तर, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत औंसी श्राद्ध, पितृ विसर्जन, दर्श श्राद्ध, निशि बार्ने, श्री प्राणनाथजी जन्मोत्सव (कृष्णप्रणामी) : आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : स्नानदानादिका लागि औंसी (अमावस्या), हलो बार्ने दिन, मातामह श्राद्ध, हुलाक दिवस, २४ गते : घटस्थापना, शारदीय नवरात्र आरम्भ, नवरात्रअन्तर्गत शैलपुत्री भगवतीको पूजा आराधना गर्ने दिन, चन्द्रोदय, नलास्वने, मूहुर्त : स्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, मुठी लिने दिन, २५ गते : नवरात्रअन्तर्गत ब्रह्मचारिणी भगवतीको पूजा आराधना गर्ने दिन, मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, मुठी लिने दिन,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्य प्रतिकूल बन्न सक्छ । रोकिएका काम बनाउन सकिनेछ । कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैलाई गाह्रो होला । काममा प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । छलफल, विचार–बिमर्स आदि गर्नु पर्ने दिनहरु आएको छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । मनोरञ्जनको समय छ । फाइदा उठाउने समय छ । व्यक्तित्वमा आकर्षण ल्याउनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । ठूलो आवश्यकता पूरा हुनेछ । तपाइको राशि मेष हो जुन मंगल ग्रहको राशि हो । त्यसैले मंगल ग्रह सम्बन्धि देवी देउताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भौतिक साधनले जीवनशैलीमा सहजता आउला । अनुकुल स्थिति आउन सक्ने हुन्छ । सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । आजको दिन महत्त्वपूर्ण हुनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ दिन छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैलाई गाह्रो होला । विशेष योजना गर्नुहोला । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । मनोरञ्जनको समय छ । तपाइको राशि बृष हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देउताहरु जस्तै सन्तोषी आमा, युमारी, महा–लक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सुधार आएको भान होला । लगनसिल र इमान्दारीको साथ अघि बढ्ने । रोजगारीबाट लाभ प्राप्त भएर आउने । कसरि पैसा कमाउ भन्ने होला । आमा आदिको बिशेष याद आउला । जग्गा–जमिनमा विशेष परिवर्तन गर्नु पर्ने जस्तो हुने हुन्छ । कारखाना आदिको काम नगरी नहुने गरि काम आदि आउला । आजको दिन महत्त्वपूर्ण हुनेछ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । तपाइको राशि मिथुन हो जुन बुध ग्रहको राशि हो त्यसैले बुध सम्बन्धि देवी देउताहरु जस्तै श्रीकृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – जुन कुरा पहिला देखि सोचिरहेको थियो त्यो पुरा होला जस्तो हुने । ब्राह्मण देवता, वा गुरु जनहरुको असिशिर्वाद पाईएला । ठुलो उत्सब समारोहमा खट्नुपर्ने हुन सक्छ । दाइ दिदि जस्तै सम्मानीय जनको प्रेम पाईएला । शिक्षा पढाई लेखाइमा सुभ देखिन्छ । पढाई लेखाईको तयारी बढ्ला । आफ्नो स्वभाव अनुसारकै काममा संलग्न हुन पाइएला । मठ मन्दिर जान पाइएला वा जान पाउने कुरा होला, धर्म कर्म गर्न सकिएला । छुट्टै फुर्ति र चुस्ती आउला । तपाइको राशि कर्कट हो जुन चन्द्रमाको राशि हो त्यसैले चन्द्रमा सम्बन्धि देवी देउताहरु जस्तै उमा(महेस्वर, पार्वती, मनकामना, धुमावती, युमारी, दुर्गा, माहा देव आदि पुज्दा राम्रो हुने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – अरुको सानो सहयोगले धेरै खुसि होला । कामको अलमल हुनेछ । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । अरूलाई प्रभावित पर्न मन हुनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । स्वास्थ्य सबल रहनेछ । लगनशीलताले सफलता दिलाउनेछ । व्यक्तित्वमा आकर्षण ल्याउनेछ । गौरव गर्ने वा घमण्ड गर्ने रहर होला । आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । केही संघर्ष गर्नुपर्ला । रोग आदि भए त्यसलाई दबाउन सकिएला । तपाइको राशि सिंह हो जुन सुर्यको राशि हो त्यसैले सुर्य सम्बन्धि देवी देउताहरु जस्तै सुर्य, गायत्री, अदिति, राम, बुद्ध, सिखहरुका १० गुरुहरु, जैनहरुका २४ गुरुहरु माहावीर आदि पुज्दा राम्रो हुने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – स्वास्थ्य सबल रहनेछ, तर बिस्तारै अलि कमजोरी होला । चाहिने भन्दा धेरै जोश र जागरले भरिभराउ होला । रमाइलो र खुसीले भरेको समय छ आइले तपाइको । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । काम र नाम बनाउने समय छ । जो संग पनि काम गर्न रुचि होला । काम बने पनि सन्तुष्टता भने ठिक ठिकै मात्र रहनेछ । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । माया गर्ने मान्छेहरुको याद आउला अलि संबेदनशील बनाउन सक्छ । तपाइको राशि कन्या हो जुन बुध ग्रहको राशि हो त्यसैले बुध सम्बन्धि देवी देउताहरु जस्तै श्री(कृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – रोजगारीले नया मोड लिएको छ । काम पनि ठुलो हुनेछ । गारो साजिलो दुवै हुनेछ । रोग आदि भए त्यसलाई दबाउन सकिएला । मुख समालेर बोल्नु होला, बिपक्षी कमजोर–बलियो जे भएपनि सत्रुता गरि रहन आबश्यकता छैन । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । सम्झौता हुन सक्छ अर्थात् यसरि वा त्यसरी काम गरु भन्ने कुरा आउन सक्छ । तपाइको राशि तुला हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देउताहरु जस्तै सन्तोषी आमा, युमारी, महालक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – धन सञ्चय वृद्धि हुनेछ । आफ्नो दाइ दिदि आदिसँग भेटघात वा जमघट हुन सक्छ । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । रमाइलो समय छ । मोज मस्ती गर्नमा ध्यान जाला । घर परिवारमा सबैलाई माया बड्न पाउनेछ । लेख्ने पढ्ने काम बढ्छ । यता उता जाउ भन्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । फाइदा उठाउने समय छ । संस्कृतिक कामहरुमा लाग्नु पर्ला । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । तपाइको राशि बृश्चिक हो जुन मंगल ग्रहको राशि हो । त्यसैले मंगल ग्रह सम्बन्धि देवी देउताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – परिवार जनहरुबाट राम्रो नै देखिन्छ । आमा आदिको बिशेष याद आउला । कतै जाने मन नहोला । जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ । सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । मेहनत गर्दा मात्र अलि बढी सफल होला । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । गुरुजन वा जान्ने बुझ्नेको को सुझाव फलदायी होला । व्यक्तित्वमा सकता ल्याउनेछ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउमा थन्किएला । घर तिर सुधारको कामहरु होला । बिहान देखिनै काम काम होला । सबको माया प्रेम पौने जस्तो हुनेछ । तपाइको राशि धनु हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि ।पुज्दा राम्रो हुने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ । बुद्धि लागे समय मिलाउनु होला । केही संघर्ष गर्नुपर्ला जस्तो देखिएता पनि छिट्टै सफलता पाउनु हुनेछ । जिम्मेवारी बढिरहनेछन्, मान सम्मानको चिन्ता होला । नाति नातिना आदि केहि समय छुटिएला । तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । जन्मदिन वा ब्रर्तबन्ध आदि महोत्सव होला । अरुले इज्जत गर्नेछ, सम्मान गर्नेछ । गन्ने सुन्ने मान्छे मान्नेछ । आजको दिन वर पर घुमिरहनु पर्ने जस्तो बनाइदिन सक्छ ।
तपाइको राशि मकर हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देउताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम(राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – भान्छामा काम धेरै बढेर जाला । भित्र भित्र काम कुरा बिगार्नेहरु बढ्न सक्छ । ऋण लिनुपर्ने जस्तो बातावरण हुन सक्छ । बैक आदिको काम गर्नु पर्ला । आँटेको काममा अलि ढिलाई होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । अरूको मुख ताक्नु पर्ला । खर्च लागे पनि दिगो फाइदा पछि होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । व्यापार लगायत अनि क्षेत्त्रमा राम्रो देखिन्छ । तपाइको राशि कुम्भ हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देउताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम(राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – जे बोल्यो त्यहि सत्य मान्ने छ सबले । धेरै बिपक्षी जस्तै भएता पनि आफ्नै दममा खडा रहन सकिएला । भबिष्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । केही संघर्ष गर्नुपर्ला तर संघर्षको फल ढिलो चाडो आफ्फई पाउने हुन्छ । कामको अलमल हुनेछ । त्यसैले सानो काम कुरा भएपनि पूर्व तयारी गर्नु होला । अरूको मुख नताक्नु होला किनकि साथ दिन्छु भन्नेले कुरा फेर्न सक्छ वा काम कुरा अलि ढिलो गरिदिन सक्छ । फाइदा हुने काम प्राप्त हुन सक्छ । कामनै सब थोक होइन आराम पनि चाहिने भन्ने बिचार आउने हुन्छ । तपाइको राशि मिन हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि ।पुज्दा राम्रो हुने गर्दछ ।

सम्बन्धित खबरहरु