रौतहट । लामो समय देखि राज्य विप्लवको मुद्धा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनि यो भन्दा पहिले पनि यसैं सन्दर्भमा जेल जाने र आउँने गरेका छन । अस्थिर सरकार भएको हुनाले ठोस रुपमा सजाय दिन नसकेको व्याख्या हुने गरेको छ ।

अहिले देशमा स्थिर सरकार बनेको छ अब जनताले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले स्वतन्त्र मधेर अर्थात मधेशलाई फरक देश बन्दैं नेपाल विरोधि नारम लगाउने राउतलाई आवश्यक कारवाही गर्नेछ । अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।

आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो । रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ । सिके राउतका समर्थकहरु गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै संख्यामा उपस्थित छन्।, आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु