मुम्बइ। भारतिय मिडियामा खबर आए अनुसार अब बलिउड स्टारहरु मध्य सलमान खानको घरमा बिबाह आउँदैछ । चर्चित सेलिब्रेटीहरुले बिबाह गरिरहेका बेला यो खबरले खुबै तताएको छ । तर सलमान खान आफैं बेहुला बन्न लागेका भने होइनन् । सलमानले बिबाह नगर्दै उनका भाई अरबाज खान तातिएका छन् । अब उनी चाँडै बेहुला बन्न लागेका हुन् । अरबाजले आफ्नी गर्लफ्रेण्ड जर्जियासँग बिहे गर्ने भएका छन् ।

विगत केही समयदेखि अरबाज जर्जिया एड्रियानीसँग देखिएका छन् । यी दुईलाई धेरै पटक सार्वजनिक कार्यक्रममा देखिएको छ । अरबाजले मलाइका अरोरासँग सम्बन्धविच्छेद गरेर १८ वर्ष पुरानो सम्बन्ध तोडेका थिए । बिहेको खबरका विषयमा खान परिवारले अहिलेसम्म केही बोलेको छैन । केही दिनअघि अरबाजले जर्जियासँगै आफ्नो ५१ औं जन्मदिन मनाएका थिए । जर्जियाले अरबाजसँगका केही तस्वीर समेत शेयर गरेकी थिइन् । उनी एक चर्चित मोडल हुन् । उनका तस्विर बेला–बेला भइरल बनिरहेका हुन्छन् । हेरौ उनका भाइरल बनेको २० तस्विर

 

सम्बन्धित खबरहरु