नेपाल VS भुटानः नेपाललाई चौथो झड्का [ यस्तो छ ताजा स्कोर ] LIVE


काठमाडौ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाल आज भूटानसँग खेलिरहेको छ । भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने नेपालले पहिले ब्याटिङ गरिरहेको छ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिएको ।

खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको हो । नेपालको अहिलेसम्म २० ओभरको समाप्तिमा ४ विकेट गुमेको छ । यो अवधिसम्म नेपालले १५० रन जोडेको छ । नेपालका बिनोद भण्डारी शून्य रनमै आउट भएका छन । आज प्रदिप ऐरी चम्किएका छन् । उनले ६८ बलमा ७५ रन जोडेका छन् । करन केशीले ५ बलमा ११ रन जोडेका छन् । अहिले करन र बिनोद क्रिजमा छन् ।

अनिल कुमार साहले २१ बलमा २७ रन जोडे, आरिफ शेख १५ बलमा १३ रन जोड्दै आउट भए । दिपेन्द्रसिंह ऐरीपनि १० बलमा १५ रन जोडेर आउट भएका छन् । अझै बसन्त रेग्मी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेष्वाकर, ललित राजवंशी ब्याटिङ्गका लागि सुरक्षित छन् ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्। लाईभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर