काठमाडौ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपालले भूटानलाई सहज लक्ष्य प्रस्तुत गरेको छ । भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै माज्ञ १५० रन जोडेको छ ।

नेपालबाट भुटानले १५१ रनको सहज लक्ष्य पाएको हो । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबल देखाएपनि फितलो प्रर्दशन गर्यो । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको हो । नेपालले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुाउँदै १५० रन जोड्यो ।

नेपालका बिनोद भण्डारी शून्य रनमै आउट भएका छन । आज प्रदिप ऐरी चम्किएका छन् । उनले ६८ बलमा ७५ रन जोड्दै अविजित रहे । करन केशीले ५ बलमा ११ रन जोडेका छन् । करन र बिनोद अटआउट रहे । अनिल कुमार साहले २१ बलमा २७ रन जोडे, आरिफ शेख १५ बलमा १३ रन जोड्दै आउट भए । दिपेन्द्रसिंह ऐरीपनि १० बलमा १५ रन जोडेर आउट भएका छन् । बसन्त रेग्मी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेष्वाकर, ललित राजवंशी पर्खाईमा मात्र रहे ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।

सम्बन्धित खबरहरु