नेपाल VS भुटान : नेपाललाई चमत्कारीक सफलता, शुन्य रनमा नै लगातार २ विकेट लियो !


काठमाडौ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाललाई भूटानसँगको खेलमा चमत्कारीक सफलता मिलेको छ । ललित राजवंशीको बलिङमा शुन्य रनमा नै भूटानको २ विकेट लिन नेपाल सफल भएको छ । ललित राजवंशीको बलिङमा भुटानका कप्तान जे सिंगे शुन्य रनमा नै आउट भए । उनलाई बसन्त भण्डारीले क्याच आउट गरे ।

लगत्तै टी वांगचुकपनि शुन्य रनमा नै आउट भए । उनलाईपनि ललित राजवंशीकै बलिङमा करन केशीले क्याच आउट गरे । भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै मात्र १५० रन जोडेको छ । नेपालबाट भुटानले १५१ रनको सहज लक्ष्य पाएको हो । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबल देखाएपनि फितलो प्रर्दशन गर्यो ।

खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको हो । नेपालले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुाउँदै १५० रन जोड्यो । नेपालका बिनोद भण्डारी शून्य रनमै आउट भएका छन । आज प्रदिप ऐरी चम्किएका छन् । उनले ६८ बलमा ७५ रन जोड्दै अविजित रहे । करन केशीले ५ बलमा ११ रन जोडेका छन् । करन र बिनोद अटआउट रहे । अनिल कुमार साहले २१ बलमा २७ रन जोडे, आरिफ शेख १५ बलमा १३ रन जोड्दै आउट भए । दिपेन्द्रसिंह ऐरीपनि १० बलमा १५ रन जोडेर आउट भएका छन् । बसन्त रेग्मी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेष्वाकर, ललित राजवंशी पर्खाईमा मात्र रहे ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर