नेपाल VS भुटान : नेपालले विश्वलाई चकित बनायो, मात्र २० रनको खर्चमा ९ विकेट लियो !


काठमाडौ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाललाई भूटानसँगको खेलमा चमत्कारीक सफलता मिलेको छ । नेपालले विश्वलाई नै चकित बनाएको छ । मात्र २० रनको खर्चमा ९ विकेट हात पार्दै विश्वलाई नै चकित बनाएको हो ।

अन्र्तराष्ट्रिय खेलमा विरलै देखिने स्कोर हो यो । खेलमा ललित राजवंशीको बलिङमा शुन्य रनमा नै भूटानको २ विकेट लिन नेपाल सफल भएको छ । ललित राजवंशीको बलिङमा भुटानका कप्तान जे सिंगे शुन्य रनमा नै आउट भए । उनलाई बसन्त भण्डारीले क्याच आउट गरे ।

लगत्तै टी वांगचुकपनि शुन्य रनमा नै आउट भए । उनलाईपनि ललित राजवंशीकै बलिङमा करन केशीले क्याच आउट गरे । कुमार सुब्बा र एसआर गुरुङ्गलाई सन्दिप लामिछानेले एलविडब्लु फर्काए । टी जमशेहोपनि सन्दिपकै बलमा बोल्ड आउट भए । आजको खेलमा सन्दिप लामिछानेले ३ विकेटको योगदान गरे । मनोज अधिकारीलाईपनि ललित नारायण राजवंशीले नै आउट गरे । ललितलेपनि यो खेलमा ३ विकेटको योगदान दिए । टी सिंगेलाई दिपेन्द्रसिंह ऐरी र आरएम दोर्जीलाई बसन्त रेग्मीले आउट गरे ।

भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै मात्र १५० रन जोडेको छ । नेपालबाट भुटानले १५१ रनको सहज लक्ष्य पाएको हो । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबल देखाएपनि फितलो प्रर्दशन गर्यो ।

खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको हो । नेपालले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुाउँदै १५० रन जोड्यो । नेपालका बिनोद भण्डारी शून्य रनमै आउट भएका छन । आज प्रदिप ऐरी चम्किएका छन् । उनले ६८ बलमा ७५ रन जोड्दै अविजित रहे । करन केशीले ५ बलमा ११ रन जोडेका छन् । करन र बिनोद अटआउट रहे । अनिल कुमार साहले २१ बलमा २७ रन जोडे, आरिफ शेख १५ बलमा १३ रन जोड्दै आउट भए । दिपेन्द्रसिंह ऐरीपनि १० बलमा १५ रन जोडेर आउट भएका छन् । बसन्त रेग्मी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेष्वाकर, ललित राजवंशी पर्खाईमा मात्र रहे ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना [सूचनासहित]
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता