काठमाडौ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमापनि नेपालले जित हासिल गरेको छ । नेपालको यो लगातार चौथो जित हो ।नेपाललाई भूटानसँगको खेलमा चमत्कारीक सफलता मिलेको छ । नेपालले विश्वलाई नै चकित बनाउने विजयी स्कोर निकालेको छ । मात्र २० रनको खर्चमा ९ विकेट हात पार्दै विश्वलाई नै चकित बनाएको नेपालले ३३ रनमा नै भुटानमाथी सहज जित दर्ता गरायो ।

यो अन्र्तराष्ट्रिय खेलमा विरलै देखिने स्कोर हो । खेलमा ललित राजवंशीको बलिङमा शुन्य रनमा नै भूटानको २ विकेट लिन नेपाल सफल भएको छ । ललित राजवंशीको बलिङमा भुटानका कप्तान जे सिंगे शुन्य रनमा नै आउट भए । उनलाई बसन्त भण्डारीले क्याच आउट गरे ।

लगत्तै टी वांगचुकपनि शुन्य रनमा नै आउट भए । उनलाईपनि ललित राजवंशीकै बलिङमा करन केशीले क्याच आउट गरे । कुमार सुब्बा र एसआर गुरुङ्गलाई सन्दिप लामिछानेले एलविडब्लु फर्काए । टी जमशेहोपनि सन्दिपकै बलमा बोल्ड आउट भए । आजको खेलमा सन्दिप लामिछानेले ३ विकेटको योगदान गरे । मनोज अधिकारीलाईपनि ललित नारायण राजवंशीले नै आउट गरे । ललितलेपनि यो खेलमा ३ विकेटको योगदान दिए । टी सिंगेलाई दिपेन्द्रसिंह ऐरी र आरएम दोर्जीलाई बसन्त रेग्मीले आउट गरे ।

भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै मात्र १५० रन जोडेको छ । नेपालबाट भुटानले १५१ रनको सहज लक्ष्य पाएको हो । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबल देखाएपनि फितलो प्रर्दशन गर्यो ।

खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको हो । नेपालले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुाउँदै १५० रन जोड्यो । नेपालका बिनोद भण्डारी शून्य रनमै आउट भएका छन । आज प्रदिप ऐरी चम्किएका छन् । उनले ६८ बलमा ७५ रन जोड्दै अविजित रहे । करन केशीले ५ बलमा ११ रन जोडेका छन् । करन र बिनोद अटआउट रहे । अनिल कुमार साहले २१ बलमा २७ रन जोडे, आरिफ शेख १५ बलमा १३ रन जोड्दै आउट भए । दिपेन्द्रसिंह ऐरीपनि १० बलमा १५ रन जोडेर आउट भएका छन् । बसन्त रेग्मी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेष्वाकर, ललित राजवंशी पर्खाईमा मात्र रहे ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।

सम्बन्धित खबरहरु