काठमाडौ । नेकपाका प्रभावशाली युवा नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालको न्यायालय वान्ता गर्नुपर्ने अवस्थामा मात्र पुगेको हैन की हैजाले समेत ग्रस्त बनेको रहेछ भन्ने खरो टिप्पणी गरेका छन् । उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीद्धारा लिखित पुस्तक न्याय पढेपछि आफुलाई त्यस्तो महसुस भएको बताएका छन् । सशीला कार्कीको पुस्तक न्याय पढेपछि आफुलाई न्यायालयप्रति अत्यन्तै दया लागेको प्रतिक्रिया सार्वजनिक रुपमा नै जनाएका छन् । भट्टराईले आफ्नो पुस्तकमा लेखेका छन् ।

न्यायलयमा बान्ता मात्र होइन हैजा नै रहेछ
सुशीला कार्कीको नाम सर्बोच्च अदालतको न्यायधिसबाट प्रधान न्यायधिस हुनेक्रममा मात्र सुनेको हुँ । जुन दिन वहाँ हाम्रो देशको प्रधानन्यायधिस हुनुभयो त्यो दिन म औधी खुशी भएको दिन थियो । राष्ट्र प्रमुख, न्यायप्रमुख र सम्सदको प्रमुखको नेतृत्व महिलाले गरेको एेतिहासिक दिन थियो त्यो । सुशीला कार्कीको आत्मबिश्वास, निडरता र इमान्दारीता मलाई मनपर्ने पक्ष हुन । यध्यपी वहाँसँग आजसम्म मेरो भेट्घाट त के कुराकानी सम्म पनि भएको छैन ।

सम्सदीय सुनुवाई समितिको सदस्यका रुपमा प्रधानन्यायधिसको सुनुवाईका क्रममा न्यायलयप्रतिको मेरो बुझाई र विश्वाश धेरै धरमराएको थियो । न्यायलयभित्रको बेथिती देख्दा र सुन्दा मलाई चिट् चिट् पसिना आएको थियो । अध्यारो सुरुङभित्र रहेको अनुभुती मैले गरेको थिए । न्यायलयभित्र जताततै बान्तै बान्ताको फोहोर देखिन्थ्यो । एउटा कुनै राजनीतिक मुद्द्धामा सक्षीका रुपमा बयान दिन गएको बाहेक अदालतभित्र जानु परेको छैन ।

मैले पेरिफेरीबाट बुझ्दा त अदालतमा फोहोरै फोहोर देखे । मेरो हेराइमा कमिकमजोरी हुनसक्छ किनकी मेरो पहुंच भित्रसम्म छैन । तर जब मैले पूर्व प्रधानन्यायधिस सुशीला कार्कीको पुस्तक न्याय पँढे न्यायलयमा बान्ता मात्र होइन हैजाले नै पो ग्रस्त बनाईसकेको रहेछ । न्यायलयभित्रको सुधार र विश्वाश पुनस् आर्जनका लागि गतिलो पहल आबश्यक देखिन्छ । ढिलो गरे भन्न् सकिन्न, समयमै उपचार गरे बचाउन सकिन्छ ।

सम्बन्धित खबरहरु