हाम्रो पात्रो । महिला शक्तिको ९ स्वरुप, महिला अास्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ ।

शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ । सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक फरक तिथीमा भिन्ना भिन्नै दुर्गा स्वरुपाको भक्ति तथा साधाना गर्ने गर्दछन् ।

मन्त्र
प्रस्तुत छ ९ देवीहरुका विशेष मन्त्र, जुन मन्त्र पाठ गरी हरेक दिन फरक दुर्गा भवानीका नौ वटै स्वरुपको अाराधना गर्न सकिनेछः

१) शैलपुत्री: शैलपुत्री नवदुर्गा मध्य प्रथम देवी हुन । देवी दुर्गाको ९ वटा रूप हुन्छन् । दुर्गाजी आफ्नो पहिलो स्वरूपमा 'शैलपुत्री' को नामले जानिनछिन् । यिनै नवदुर्गाकी प्रथम दुर्गा हुन् । पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम 'शैलपुत्री' राखियो । नवरात्रि-पूजनमा प्रथम दिन यिनैको पुजा र उपासना गरिन्छ । यस प्रथम दिनको उपासनामा जोगी आफ्नो मनलाई 'मूलाधार' चक्रमा स्थित गर्छन् । यहिँ देखि यीनको योग साधनाको सुरुवार हुन्छ । प्रतिपदाको दिन माता शैलपुत्रीको पूजापाठ तथा नित्य अाराधना गर्दै प्रारम्भ हुन्छ नवरात्री/नौरथाको । माता शैलपुत्रीलार्इ धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरीन्छ । मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।’

शैलपुत्री माताको: वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्। वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥ पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा। पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥ प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्। कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥ वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम। वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्‌॥

२) ब्रह्मचारिणी: नवरात्र पर्वको दोस्रो दिन माँ ब्रह्मचारिणीको पूजा–अर्चना हुन्छ । साधक यस दिन आफ्नो मन माँ को चरणमा लगाउँछन् । ब्रह्मको अर्थ हो तपस्या र चारिणी यानी आचरण वाल । यस प्रकार ब्रह्मचारिणीको अर्थ हुन्छ तप को आचरण गर्ने वाली । यिनको दाहिने हातमा जप को माला एवं बायाँ हातमा कमण्डल रहन्छ । नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्। मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’ - या देवी सर्वभू‍तेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।

३) चन्द्रघण्टा: तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलार्इ ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् । मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।’

४) कूष्माण्डा: चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको अाराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ । 'ॐ कूष्माण्डायै नम:।।'

५) स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून । मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।’

६) कात्यायनी: माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।’

७) कालरात्रि: यीनको अाराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलार्इ सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।’

८) महागौरीः माता महागौरीको अाराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।’

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलार्इ मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।’

उपरोक्त मान्यता परापूर्वकालदेखि सनातन संस्कारले बडो अास्था अनि विश्वासका साथ पालन गर्दै अाएको छ । महिलाको शक्ति यिनको महिमा तथा पराक्रमप्रतिको दृढ विश्वास नै नवरात्री पूजाको मूल मर्म हो । महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि-विधानले पूजा-अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन ।

प्राकितिक रुपमैं आमाको स्थान बाबुले कदापि लिन सक्दैन तर अामाको अनुपस्थितिमा बाबुको जिम्मेवारी एक आमा अर्थात् एक महिलाले बहन गरेको अनगन्ती उदाहरण हामी माझ प्रष्ट छ । तर उसले अवस्य पनि महिलाको सम्मान गर्न जानेको हुनुपर्छ, महिलाले यस सुन्दर श्रृष्टिमा दिएको अद्भूत योगदान बुझेको हुनुपर्छ अनि मात्र कोही पिताले महिलाले निभाउने जिम्मेवारीझै अाफ्नो केही योगदान गर्नसक्छ । यो कुराले पनि समाजमा पुरूषभन्दा महिलाको बढी महìवपूर्ण भूमिका रहेको पुष्टि गर्दछ ।

 

सम्बन्धित खबरहरु