वि.सं. २०७५ असोज २४ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, बिहान ०७:५८ बजेसम्म, त्यसपछि द्वितीया तिथि, चित्रा नक्षत्र, दिउँसो १२:३९ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, दिउँसो ०२:२९ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, बब करण, बेलुका ०७:३६ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : घटस्थापना, शारदीय नवरात्र आरम्भ, नवरात्रअन्तर्गत शैलपुत्री भगवतीको पूजा आराधना गर्ने दिन, चन्द्रोदय, नलास्वने, आजको मूहुर्त : वस्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, मुठी लिने दिन,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत ब्रह्मचारिणी भगवतीको पूजा आराधना गर्ने दिन, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, मुठी लिने दिन, २६ गते : नवरात्रअन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा आराधना गर्ने दिन, मूहुर्त : दीक्षाग्रहण, २७ गते : नवरात्रअन्तर्गत कूष्माण्ड भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, मूहुर्त : अग्निवास(होमादि),

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम बनोस या नबनोस सन्तुष्ट रहनेछ । मन प्रसन्न नै रहला । परिवारजनबाट टाढिनुपर्ला वा केहि समयका लागि भएपनि छुटिट्नु पर्ला । भबिष्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । अवसरको खोजीमा भौतारिनु पर्ला । व्यतिको प्रभावले सबलाई अकर्षण गर्नेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ । जसले सफलता दिलाउनेछ । स्वास्थ्य भने आज धेरै राम्रो हुनेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अकस्मात पैसाको आबश्यकता होला । के खाउ के खाउ हुन सक्छ । रमाइलो दिनको सुरु भएको देखिन्छ । ऋण आदि दिनु पर्ने कुराहरु भए दिन सकिएला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । ठुलो बाधाहरु हटाएर प्रगतिको मार्ग प्राप्त हुने बाटोहरु खोल्नेछन । तिर्थ यात्राको कुरा आउला वा जान पाइएला । नया नया काम कुराहरु आउला । विभिन्न काम, कार्यक्रम आदिमा सहभागी हुन पाउला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो नातेदार आदि संग जमघट वा भेटघात हुन । सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । छोरा छोरीहरुले भनेको काम कुरा मान्न अटेर गर्न सक्छन । सम्झाई बुझाई काम आदि अराउनु होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा जोड लगाएर पढ्नु पर्ने समय आएको छ । मनोरञ्जनको समय छ, रमाइलो गर्न पाइएला । धन सञ्चयहरु वृद्धि हुनेछ, यथेष्ठ धन आफुसँग भएर आउने देखिन्छ । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नया काम फेला पर्न सक्छ त्यसैले बेरोजगारहरु काम खोज्न जादा हुन्छ । गरिरहेको काम मन नपर्नेहरु नयाँ खोज्न जादा हुन्छ , बिशेष गरि बुवा तर्फको सुखमा वृद्धि होला । वाहन (बाइक ,गाडी) मा मर्मत ,सुधार आदि गर्नु पर्ला । आमा आदिको बिशेष याद आउला । उद्योगमा विशेष परिवर्तनको योग छ अर्थात् नया मोड लिने समय जस्तो भएर आउछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्नेछ । बोलेर सबैलाई समेट्न सकिनेछ । सबैले सहजै आफ्नो कुराहरुको पालना गर्नेछन । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको को रंग जस्तै सेतो, गुलाबी,फिक्का राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यात्राको अलि माहोल बनेको छ, तर घुम्न नै पाउला भने भन्न सकिन्न । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । भाइ बहिनिको साथमा कमि आउला । अरुबाट सानो कदर पाउन पनि अलि समय पछि मात्र होला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा खटिनु पर्नेछ । अलि विलम्बले पढाई लेखी सकिएला । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । ब्राह्मण(देवता आदिको आशीर्वाद पाईएला । पढाई लेखाईको तयारी बढ्ने देखिन्छ । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्यको रंग जस्तै सुन्तला, रातो, सुन रंग राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अनुकुल स्थिति आउन सक्ने हुन्छ । संघर्षको बिचमा सफलता आउनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्त्रमा कारोबार बढ्नाले राम्रो देखिन्छ । मेहनतले आम्दानी बढाउनेछ । मेहनत नगरे ठिक्क मात्र आम्दानी होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । चुनौती पन्छाउँदै अघि बढ्नाले फाईदा पुग्नेछ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । कर्जा लिनुपर्ने हुन सक्छ । स्वास्थ्य सबल बनाउन सकिएला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – स्वास्थ्य सबल रहनेछ । तर बिस्तारै अलि कमजोरी होला । चाहिने भन्दा धेरै जोश र जागरले भरिभराउ होला । रमाइलो र खुसीले भरेको समय छ आइरहेकाले तपाइको जीवन, दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । काम र नाम बनाउने समय छ । जो संग पनि काम गर्न रुचि होला । काम बने पनि सन्तुष्टता भने ठिक ठिकै मात्र रहनेछ । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । माया गर्ने मान्छेहरुको याद आउला अलि संबेदनशील बनाउन सक्छ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । बिरामी हुन सक्ला, जे पायो त्यही नखानु होला । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । किनमेलमा मन जानेछ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । नौलो नौलो परिस्थितीहरु आउला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । सुझावले गर्दा फाइदा हुनेछ ।
तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । धर्म कर्म, पुजा पाठमा मन होला । बिन्दास रुपले दिन कट्ने छ । समाचार आदि पढ्ने मन होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा लाभ होला । धेरै इन्टरनेट चलाउनु पर्ला । मिलनसार साझेदार वा मान्छेहरु संग भेट होला । मोज मस्ती गर्न पुला । क–कसलाई नै भेटने हो भन्ने जस्तो होला । साथीहरु संग भेटघाट गर्न पाउला । मठ मन्दिर जान पाइएला वा जान पाउने योजना होला । धर्म कर्म गर्न सकिएला । मित्रताहरु बढ्नेछ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – घर छिमेक सबैलाइ फाइदा हुने काम प्राप्त हुन सक्छ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । बिबिद संघ संस्थामा चहारिनु पर्नेछ । अर्थात् संस्थागत कामहरुमा अभिवृद्धि हुनेछ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । आमा आदिको बिशेष याद आउला । भौतिक साधनले गर्दा जीवनशैलीमा सहजता आउला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ । टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यात्राको अलि माहोल बनेको छ । सानो ठुलो यात्रा गर्नु पर्ने होला । शैक्षिक चाजो पाँजो आदि मिलाउने कामहरुमा वृद्धि हुन सक्छ । बिबाह ब्रतबन्ध आदि मंगलमय पर्व होला । बाजे–बजे आदिको चिन्ताले सताउला । मेहनत गर्दा मात्र अलि बढी सफल होला किन कि काम बन्न अलि संघर्ष गर्नु पर्ला । भाइ बहिनिहरुको साथ र सुख पाउला । अरुले इज्जत गर्नेछ । सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छेले समेत मान्नेछ । घर परिवारमा सबैलाई माया बाँड्न पाउने छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ र टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यावसायिक काममा मनग्गे लाभ हुनेछ त्यसैले कमाउने चाहनेले जति मेहनत गरे त्यति लाभ होला । सामानहरुको किनमेल होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । आँटेको काममा अलि ढिलाई होला । उधारो आदि दिनु पर्ने कुराहरु भए दिनु परिएला । रोकिएका काम बनाउन सकिनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु