काठमाडौँ । नेपालमा रेलको चर्चा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सामान्य भन्दा धेरैं हुन थालेको छ । उनले चिनियाँ रेल काठमाडौंमा ल्याउने भनेर निर्वाचन ताका भन्दैं आएका थिए । बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए ।

रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु