वि.सं. २०७५ साल असोज २५ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर ११ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया, ७:१० बजेउप्रान्त तृतीया। विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:३० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे,

आश्विन शुक्लपक्षको द्वितीया तिथि, बिहान ०७:१४ बजेसम्म, त्यसपछि तृतीया तिथि, स्वाती नक्षत्र, दिउँसो १२:४१ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, दिउँसो १२:५१ बजेसम्म, त्यसपछि प्रीति योग, कौलव करण, बेलुका ०७:०५ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत ब्रह्मचारिणी भगवतीको पूजा आराधना गर्ने दिन, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, मुठी लिने दिन,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा आराधना गर्ने दिन, भोलिको मूहुर्त : दीक्षाग्रहण, २७ गते : नवरात्रअन्तर्गत कूष्माण्ड भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, मूहुर्त : अग्निवास(होमादि), २८ गते : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने दिन, पचली भैरव यात्रा,


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरुको बुद्धिको भर बाट भन्दा पनि आफ्नो बुद्धि चलाउनु पर्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । यदि नबने पनि हौसला कम हुने छैन । सहयोग गर्नेहरू धेरै होलान वा भेटिनेछन् । तर पनि सहयोग पाउन अलि ढिला होला । कुनै कुनै काम रोकिनाले मन खिन्न हुनेछ वा काम गर्ने मन लाग्ने छैन । केही संघर्ष गर्नुपर्ला तर संघर्षको फल ढिलो चाडो आफै पाउने हुन्छ । केहि दिक्क लाग्दो जस्तो हुन सक्छ । बोलेर सबैलाई समेट्ने प्रयास गर्नुहोला । यसो गर्नाले आज नभए पनि भोलि पर्सि तिर र आउने काम कुराहरुमा सफलता मिल्न सजिलो हुन्छ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अकस्मात कोहि नौला व्यक्ति भेटिएला । कुनै किसिमको भ्रमणमा जान पाउने योग देखिन्छ । स्वास्थ्य निर्बल बन्न सक्छ । आफ्नो जिउको ध्यान राख्नु होला । पैसाको जरुरी भएपनि अरुको मुख नताक्नु होला । अन्तिम समयमा मात्र अरुमा भर पर्न खोज्नु होला । सहि तरिकाको बोलचालले गाह्रो काम सजिलै फत्ते पार्न सकिएला । असाद्द्य कामहरुमा सफलताको आशले लाग्नु पर्नेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आजको दिन नौलो रुपले महत्त्वपूर्ण हुने छ । युक्तिद्वारा असाद्द्य कामहरु पनि बन्ला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) उद्योगमा विशेष फाइदाको योग छ । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन आउलान । नौलो मित्त्रता सुरु हुन सक्छ वा नयाँ मित्रजनहरु पाइएला । पुजा–पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । सहयोग गर्नेहरू धेरै भेटिनेछन् । नयाँ काममा हात हाल्ने समय आयको छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध ग्रहको दिन अर्थात् बुधबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुधबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) दिनचर्या भ्याइ नभ्याइ होला । सोचेको काम कुरा बनेर जानेछ वा सकाउनै पर्ने जस्तो होला । टाढाका साथीभाइ, आदिको निम्तो प्राप्त हुन सक्छ । आमा आदिको बिषेश याद आउला । जग्गा–जमिन आदिको जिम्मेवारी आदि देखिन्छ । कृषिहरुको लागि सोचेको भन्दा अलि फरक होला दिन । सफलताको सम्भावना बढेर आएको देखिन्छ, धेरै काम कुरा बन्ला । केहि नभएपनि सानो २–३ वोटा भएपनि अबश्य बन्नेछ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको दिन अर्थात् सोमबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सोमबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आफुले एक ताल साथ दिएको व्यक्तिको उन्नति आदि देखि खुशी हुन पाउला ठुलो ठुलो काममा भन्दा सानो काममा बढी उल्झिनु पर्ला । हजुरबुबा, हजुरआमा आदिको सम्झना आउला । सम्मानीय जनको प्रेम पाईएला । रमाइलो र सुभ जमघट हुने देखिन्छ । व्यवसाय वा उद्योगको सन्दर्भमा सुभ र कल्याणकारी देखिन्छ । फुटबल, तेबल–टेनिस, बकसिंह, आदि जस्ता खेलहरुमा लाग्नु पर्ला । मन कता कता भएको हुनाले मनोबल अलि कमजोर जस्तो होला । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको दिन अर्थात् आइतबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र आइतबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आफ्नो सरसामान वाहन आदिको ध्यान दिनु होला किन कि मर्मत आदि गर्ने समय आएको छ । कुनै पनि बिग्रेको कुरालाई बनाउँन सकिएला । परिश्रम बिना फल पाउन गाह्रो हुनेछ । बिरामी हुन सक्ला । जे पायो त्यही नखानु होला । काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । आकस्मिक खर्च बढ्नाले मनमा चोट लाग्न सक्छ त्यसैले अलि सावधान हुने पर्ने देखिन्छ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । काम रोकिन लागेको जस्तो भएर मन खिन्न हुनेछ तर चिन्ता गर्नु पर्दैन काम सब बन्ने छ । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध ग्रहको दिन अर्थात् बुधबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुधबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) निश्कर्ष निकाली निर्णय गर्नमा ढिला होला । व्यतिको प्रभाव अलि फिका हुँदा सबलाई अकर्षण पार्न अलि मेहनत गर्नु पर्नेछ । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन । आफुनै अलि दोधारमा होला । गृहस्ती जीवन राम्रो होला । घर–परिवार, सन्तान आदिबाट लाभ देखीन्छ । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । नया काम वा मान्छे फेला पर्न सक्छ । त्यसैले सानो ठुलो जस्तो मान्छे होस् या रोजगार होस् त्यसलाइ दोशाधमा नराख्नु होला । चुनौती पन्छाउँदै अघि बढ्नाले सजिलो हुनेछ । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । बोलीमा ध्यान पुरुयाउनुहोला । असाद्द्य पराक्रमद्वारा मात्र सामान्य कामहरु पनि बन्ला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) रोजगारीले नया मोड लिएको छ । काम पनि ठुलो हुनेछ । गाह्रो सजिलो दुवै हुनेछ । रोग आदि भए त्यसलाई दबाउन सकिएला । मुख समालेर बोल्नु होला, बिपक्षी कमजोर, बलियो जे भय पनि सत्त्रुत गरि रहन आबस्यकता छैन । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । सम्झौता हुन सक्छ अर्थात् यसरि वा त्यसरी काम गरु भन्ने कुरा आउन सक्छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । चुनौती पन्छाउँदै अघि बढ्नाले फाईदा होला । तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाएला । सम्झौता हुन सक्छ अर्थात् यसरि वा त्यसरी काम गरु भन्ने कुरा आउन सक्छ । भाइ बहिनीहरु प्रत्ति पनि राम्रो देखिएको छ । छोरा छोरीहरुले सम्झेला । केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । मन मिल्ने मान्छेहरुको साथ पाउनेछ । रमाइलो जमघट हुने देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) घर–परिवार जनहरुबाट राम्रो नै हुने देखिन्छ । वाहन (बाइक ,गाडी) किन्ने वा साट्ने आदि मन होला । ब्यवासायीक वा रोजगारको काम धेरै बढ्ला । त्यसमा खट्नु पर्ने जस्तो बनाउला । रोजगारीबाट जिम्मेवारी बढेर आउनेछ । पैत्रीक कामहरुको आगमनको संकेत छ । जग्गाको कुराहरु बढेर आउने हुन्छ । त्यस सम्बन्धि विशेष योजना गर्नु पर्ने जस्तो हुने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ पनि हुने भएर आउने हुन्छ । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) लेख्ने पढ्ने काम बढ्छ तर केहि अबरोध भने आउछ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताकि आफ्नै सुरले काम गर्दै रहनु होला । गुरु जनहरुको साथ पाईएला । सेवा गर्नु पर्ने पनि होला । घुमफिरको समय र बातावरण तयार गर्नु पर्ला । नाति नातिना आदिलाई केहि गर्नु पर्ने कामहरु आउला । खेलकुदमा मन भइ त्यसमा समाबेश हुनु पर्ने भइएला । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । यसो हेर्दा समय राम्रो छ पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । मिठो मिठो खाना मन होला, त्यसले भट्टी आदिमा धेरै खर्च नगर्नु होला । बैक आदिको काम गर्नु पर्ला वा बढेर आउने देखिन्छ । पूजीको वृद्धि होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । भित्र भित्र काम कुरा बिगार्नेहरु बढ्न सक्छ । चिन्ता नभए पनि चिन्ता भएको जस्तो होला । मेहनतले आम्दानी बढाउनेछ । बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सम्बन्धित खबरहरु