भक्तपु । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा टोलटोलबाट स्थानीय बाजा बजाउँदै केटाकेटी, युवायुवती, बुढाबुढीसमेत मेलामा सहभागी भएको स्थानीवासी जानकी श्रेष्ठले बताउनुभयो ।

नौराते मेलामा पहिलो रात ब्रम्हायणी, दोस्रो महेश्वरी, तेस्रो कुमारी, चौथो भद्रकाली, पाँचौ महाकाली, छैटाँै महालक्ष्मी, सातौँ इन्द्रायणी, आठौँ त्रिपुरासुन्दरी र नवौँ रात बाराहीस्थानमा गरी नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । ब्रमहायणीमा भने घटस्थापनाको रात, नवमीको रात र दशमीको दिनभर मेला लाग्ने गर्दछ ।

नवमीका दिन राति गछेंस्थित नवदुर्गा द्यौ छे, अर्थात नवदुर्गा मन्दिरमा रहेको महिषासुर दैत्यको प्रतीक मानिने खम्ये अर्थात राँगोलाई मदिरा खुवाएर लठ्याइ पूजा गरेर लखेट्दै राति नै ब्रह्मायणी पु¥याएर बध गर्ने परम्परा छ । भक्तपुरका संस्कृतकर्मीका अनुसार यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दशँै शुरु भएसँगै जीवित हुने विश्वासमा यो जात्रा मनाइन्छ ।

यही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडालाई नगर परिक्रमा गराई ‘पायो न्हयाकेगू जात्रा’ अर्थात खड्गजात्रा मनाइन्छ । नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रूपमा यो जात्रा चलिआएको हो ।

सम्बन्धित खबरहरु