दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याईयो


लमही । दाङमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टर चार्टर गरी आज काठमाडौंँ लगिएको छ । दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमा बस र मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका तिनलाई रु चारलाख तिरेर हेलिकप्टरबाट राजधानी लगिएको हो ।

खुट्टाको हाड नै भाँचिएका उनीहरुलाई दाङका कुनै पनि अस्पतालमा उपचार सम्भव नभएपछि त्यता लगिएको हो । आज बिहान ९ बजे भएको दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं २ निवासी ३९ वर्षीय प्रकाश केसी र उनकी श्रीमती ३६ वर्षीय सुनिता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रकाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाइकल ठोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तहको विभिन्न संकायको विभिन्न सेमेष्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !