नेपालकी छोरी सम्झना खनाल प्रतिष्ठित एशियन अवार्डबाट सम्मानित


काठमाडौ । एशियन युथ इनोभेटिभ अवार्ड –२०१८’ बाट सम्झना खनाल सम्मानित हुनु भएको छ । भारतको पञ्जाबमा भएको ‘१३ औँ एशियाली मकै सम्मेलन’मा कीर्तिपुरकी खनाललाई नयाँ प्रविधिमार्फत मकै बालीको उत्पादन बढाउने अनुसन्धान गरेवापत उक्त सम्मान प्रदान गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातक खनालले गत वर्ष झापामा मकैको पोषिलो र गुणस्तरीय उत्पादन बढाउन अनुसन्धान गर्नुभएको थियो ।

पञ्जाब कृषि विश्वविद्यालयका उपकुलपति डिएस डिलियन र मेक्सिकोका कृषि वैज्ञानिक मार्टिन करोप्टले उक्त सम्मान प्रदान गर्नुभएको थियो । सम्मेलनमा चीन, अमेरिकालगायत विश्वका २२ मुलुकका ३०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता थियो । प्रत्येक तीनतीन वर्षमा हुने सम्मेलनमा मकैमा अनुसन्धान गरेका ३५ वर्षमुनिका युवा वैज्ञानिकको सहभागिता हुने गरेको छ ।

सम्झना अखिल (क्रान्तिकारी) त्रिभुवन बिश्वबिद्यालय समितिकी सचिव तथा नेपाली जुझारु नेत्री हुनुहुन्छ । विश्वका बैज्ञानिकहरु उपस्थित १३ औ एसियन मेज कन्फरेन्सबाट सम्झना खनालले कृषि क्षेत्रमा पुर्याएको योगदान को कदर गर्दै यो अवार्ड दिइएको हो । अवार्डबाट सम्मानित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई सहित थप प्रगतिको शुभकामना।

प्रतिक्रिया दिनुहोस्