पेशावर । पाकिस्तानमा प्रहरीले बुद्धका थुप्रै पुरातन मूर्तिहरू बरामद गरेको छ । यी मुर्तिहरु तस्कर गरिरहेको विशेष जानकारीका आधारमा प्रहरीले फेला पारेको हो । पाकिस्तानमा धेरैं स्थानहरुमा सिर्दाथ गौतम वुद्धका मुर्तिहरुलाई संरक्षित राखिएको छ । प्रहरीका अनुसार पक्राउ परेका एक व्यक्तिको साथबाट १२ मुर्ति बरामद गरिएको छ । मुस्लिम बाहुल्यता भएको बाल्टर पखचनुवाका गिलगिट देखि अब्बाबादबाद जिल्लाबाट बाल्टीस्तान जाने बाटोमा मुर्ति बरामद गरिएको हो । उनको साथमा बुद्धका चार ठूलो र आठ सानो मूर्ति रहेका छ।

एबोटबाद छावनीका डीएसपीले सञ्चारकर्मिसँग भने कि पुरातत्व क्षेत्रबाट बुद्धको मुर्ति चोरेर उत्तरी क्षेत्रहरुमा लैजान थालेको एक गुप्त सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा प्रहरीले मुस्लिम इलाका क्षेत्रमा अनुसन्धान बढायो । अनुसन्धानको क्रममा प्रहरी एउटा संकास्पद गाडीको पछि लागे र बुद्धको १२ मूर्तिहरू गाडीमा माथि लुकाएर राखेको अवस्थामा फेला पार्न सफल भएका हो । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी

 

सम्बन्धित खबरहरु