काठमाडौं । शुक्रबार हामी यी दृष्य प्रत्यक्ष रुपमा आँखाले देख्दा अति नै चकित भयौँ ।

अब त हुँदा हुँदा यस्ता कुरामा समेत कमिसन । नेपाल राष्ट्र बैंकले सर्बसाधारणलाई बाँड्न नयाँ नोट बैकहरुलाई पठायो ।

निश्चित सिमा तोकेरमा मात्र नयाँ नोट बैकहरुमा पठाईयो । तर यस्तो समस्या देखियो की बैकहरुमा नयाँ नोट लिन जाँदा कतै छैन भनियो त कतै निक्कै लामो समय लगाईदिने झन्जट दिएर ठूलो लाईन बनाईदिने अवस्था देखियो ।

तर काठमाडौका अधिकांश फुटपाथमा हेर्दा त्यहाँ कुनै बस्तु तथा सामान बिक्रि गरे जसरी नै नयाँ नोट खरिद बिक्रि भइरहेको थियो ।

त्योपनि १० प्रतिशत कमिसनमा । आज जमलको फुटपाथमा देखिएको तस्विर हो यो । तपाईले प्रष्ट देख्न सक्नुहुन्छ । यहाँ १० प्रतिशत कमिसन दिएर जनता नयाँ नोट लिन तयार थिए ।

बैकमा अभाव नहुँदो हो त या सहज लिन पाईने अवस्था थियो त यो फुटपाथमा नयाँ नोट लिनेको भिड किन लाग्थ्यो । हे सरकार यो कमिसन खोरी, घुसखोकी कहिले अन्त्य हुन्छ । हेर्दा सामान्य लाग्छ । तर यही हो यो देश बर्वाद गर्ने क्यान्सर भन्दा घातक रोग । सक्दो सेयर गरौँ ।

 

सम्बन्धित खबरहरु