वि.सं. २०७५ असोज २७ गते शनिबार तदनुसार ई. सं. २०१८ अक्टोबर १३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:४० बजे, आश्विन शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०७:०७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०२:०६ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, दिउँसो १०:४१ बजेसम्म, त्यसपछि सौभाग्य योग, विष्टि (भद्रा) करण, बेलुका ०७:३० बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कूष्माण्ड भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, आजको मूहुर्त : अग्निवास(होमादि),

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने दिन, पचली भैरव यात्रा, २९ गते : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा आराधना गर्ने दिन, सरस्वतीको आह्वान, बिल्व निमन्त्रण, ३० गते : नवरात्रअन्तर्गत कालरात्री भगवतीको पूजा आराधना गर्ने दिन, फूलपाती, नवपत्रिका प्रवेश,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बोल्ने बानीले दुःख पाइनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । व्यापार लगायत अनि क्षेत्त्रमा कारोबार बढ्नाले राम्रो देखिन्छ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । मेहनतले आम्दानी बढाउनेछ । मेहनत नगरे ठिक्क मात्र आम्दानी होला । फाइदा हुने काम प्राप्त हुन सक्छ वा फाइदाको बाटो बढ्ने हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रह सम्बन्धि देवी देउताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रोजगारी वा व्यवसायमा मद्दत गर्ने खाले नया ब्यतिहरु पाइएला । बोलेर सबैलाई समेट्ने प्रयास गर्नु पर्नेछ । यसो गर्नाले आउने काम कुराहरुमा सफलता मिल्न सजिलो हुन्छ । आत्म सन्तुष्ट हुनु भन्दा अरूलाई प्रभावित पार्न मन हुनेछ । स्वास्थ्य सबल रहनेछ । तर बिस्तारै अलि कमजोरी होला । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ जसले सफलता दिलाउनेछ । स्वास्थ्य सबल रहनेछ । तर बिस्तारै अलि कमजोरी होला । कार्यक्रम आयोजना आदिको कुनै छलफल आदि गर्न जानु पर्ने जस्तो होला । धेरै पछि यस्तो चाजो बाजो मिलाउन सकेकोमा खुसि होला । जो संग पनि काम गर्न रुचि होला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देउताहरु जस्तै सन्तोषी आमा, युमारी, महा–लक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बोल्ने बानीले दुःख पाइनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । परिस्थितिवस चिताएको काम विलम्ब हुनेछ । कामको अलमल हुनेछ । केही संघर्ष गर्नुपर्ला । जिम्मेवारी बढिरहनेछन् । फाइदा हुने काम प्राप्त हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सहयोग गर्नेहरू भेटिनेछन् । लगनशीलताले सफलता दिलाउनेछ । नयाँ काममा हात हाल्ने समय छ । घुमफिरको समय छ । रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध सम्बन्धि देवी देउताहरु जस्तै श्री(कृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । पुजा–पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । पढ्ने लेख्ने कुरामा लापरवाही नगर्नु होला । छोरा छोरीहरुले भनेको काम कुरा मान्न आटेर गर्न सक्छन । सम्झाई बुझाई काम अराउनु होला । छोरा छोरीहरुले आमा बुवा भनेर सम्झेलान । हाल खबर सोध्लान । देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । कुनै संघ संस्था खोलौ भन्ने वा कुनै काम अघि बढाउ भन्ने हुने । रोजगारीको लागि व्यवस्थित बनाएर लान सक्ने हुनेछ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमा सम्बन्धि देवी देउताहरु जस्तै उमा(महेस्वर, पार्वती, मनकामना, धुमावती, युमारी, दुर्गा, माहा देव आदि पुज्दा राम्रो हुने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घर–परिवार, सन्तान आदिको जिम्मेवारी आदि देखिन्छ । आमा आदिको बिषेश याद आउला । यसो कतै जाने मन नहुने होला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । वाहन, मोटर, कार आदि बेच्ने जस्तो कुरो आउन सक्ला । तपाइँले गर्ने व्यवसायको सन्दर्भमा सुभ देखिन्छ, मंगलमय देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ जस्तो कारण बाटो खोल्नेछ । सहजता बढ्नेछ । आजको दिन महत्त्वपूर्ण हुनेछ । सफलताले नया फट्को लिन सक्ने हुन्छ । त्यसैले ध्यान र लगनशीलता जरुरी भएको देखिन्छ । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्य सम्बन्धि देवी देउताहरु जस्तै सुर्य, गायत्री, अदिति, राम, बुद्ध, सिखहरुका १० गुरुहरु, जैनहरुका २४ गुरुहरु माहावीर आदि पुज्दा राम्रो हुने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – ठुलो ठुलो काममा भन्दा सानो काममा बढी उल्झिनु पर्ला । घर परिवारमा सबैलाई माया बाँड्न प्रयास गर्ने मन होला । यसो हेर्दा जिम्मेवारीक समय छ । पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । पढाई लेखेको तयारी बढ्ला । रमाइलो र शुभ जमघट हुने देखिन्छ । व्यवसाय वा उद्योगको सन्दर्भमा सुभ र कल्याणकारी देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । बिग्रेको काम कुरा नै आफै बन्ने बातावरण मिल्ला । आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध सम्बन्धि देवी देउताहरु जस्तै श्री(कृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – काम रोकिन लागेको जस्तो भयर मन खिन्न हुनेछ तर चिन्ता गर्नु पर्दैन काम सब बन्ने छ । धेरै बोल्दा समस्या आउन सक्छ । मिहिनेत गर्दा काम बन्न सक्छ । कामको प्रतिफल छिट्टै मिल्ला । आज भोलि मिल्ला जस्तो देखिन्न वा धेरै काम मात्र सम्भावना छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । श्रम गर्नु परे पनि श्रमको मूल्यांकन होला । सहयोग गर्नेहरू आफै भेटिनेछन् । स्वास्थ्य सबल बनाउन सकिएला । राम्रो पनि भएर आउला । बिस्तारै मात्र फाइदा उठाउन सकिनेछ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देउताहरु जस्तै सन्तोषी आमा, युमारी, महा(लक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला त्यसैले काम वा धननै सब थोक होइन आराम र शान्ति पनि चाहिने भन्ने बिचार आउने हुन्छ । चाहिले भन्दा धेरै जोश र जागरले भरिभराउ होला । माया गर्ने मान्छेहरुको याद आउला अलि संबेदनशील बनाउन सक्छ । स्वास्थ्य खराब होला ध्यान पुर्याउन आश्यक छ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । रमाइलो जमघट हुने देखिन्छ । व्यवसायको सन्दर्भमा शुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ जसको कारण मन नै हल्का होला । आजको दिन महत्त्वपूर्ण हुने छ । जीवनमा नया रुपान्तरण ल्याउन सक्दछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो र त्यसैले मंगल ग्रह सम्बन्धि देवी देउताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – भौतिक साधनले जीवनशैलीमा सहजता आउला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । नया काम फेला पर्न सक्छ । केही चुनौती देखिए पनि मन भय पुरा गर्न नसक्ने नहोला । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि ।पुज्दा राम्रो हुने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ दिन । पढाइमा प्रगति हुनेछ । सहयोग गर्नेहरू धेरै भेटिनेछन् । गीत गाउन वा गीत सुन्न मन भएर आउछ वा गाउन सुन्न पाइएला । छोरा छोरीहरुले सम्झेला । अलि कति रमाइलो वा खुसियाली जस्तो बढने बातावरण आएको छ, रमाइलो होला कि नहोला भन्ने खुल्दुली होला । अरुले त्यतिकै फसाउन सक्छन् । केही चुनौती देखिए पनि ममाभएजति पुरा गर्न नसक्ने नहोला । सँगै मिलि गर्नु पर्ने कामहरु आइ पर्लान । यदि सम्मानले अरु सामु पेश आए गाह्रो काम सजिलो होला, , नभए सजिलो काम पनि गाह्रो होला । तत्कालै फाइदा नभए पनि फाइदा हुने कामहरु भने प्राप्त हुन सक्छ । केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । धर्म कर्म, पुजा पाठमा मन होला । रमाइलो कार्यक्रम आदिमा सम्मेलित हुन नसक्ने जस्तो होला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देउताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम(राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । कृषिकर्म आदि काममा मनग्गे लाभ पनि हुने भएर आउने हुन्छ । कमजोरी र आफ्नो अल्छि पन सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे आफैलाई गाह्रो र झन्झट होला पछि । व्यक्तिको मुडमा वा मंनस्थितिमा परिवर्तन आउनेछ । अवसरको खोजीमा भौतारिनु पर्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैलाई गाह्रो होला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । आफन्तहरु संग जमघटको, कुरा साता सात आदि जस्तै गर्नु पर्ने समय आएको छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देउताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यमराज, पितृ पुज्दा राम्रो हुने गर्दछ र

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । यसो हेर्दा समय राम्रो छ पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । लेख्ने पदने काम बढ्छ तर केहि अबरोध भने आउछ । हिम्मत आदि बढ्ने छ । आजको दिन महत्त्वपूर्ण हुनेछ । पढाई लेखाईको तैयारी बढ्ला । रमाइलो र शुभ जमघट हुने देखिन्छ । व्यवसाय वा उद्योगको सन्दर्भमा सुभ र कल्याणकारी देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । बिग्रेको काम कुरा नै आफै बन्ने बातावरण मिल्ला । आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि । पुज्दा राम्रो हुने गर्दछ ।

सम्बन्धित खबरहरु