काठमाडौं । राउटे नेपालको लोपउन्मुख जातीहरुमा एक हो । हरेक वर्ष चाडपर्वको बेलामा राउटेहरु आफ्नो मुखियासहित शहर पस्ने गर्छन । लामो समयदेखि जंगल वस्दैं आएको राउटे समुदाय अहिले पनि शहर बजारमा रहन मन पराउँदैन । अहिले दशैं नजिकिदैं गर्दा उनिहरुको एक एक समुह राजधानी काठमाडौं आएको थियो । दुर्भाग्यवश प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्ने सपना साकार हुन सकेन । राउटेले प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि शनिबार फर्कंदै छन् । सुर्खेतबाट आएका चार जना राउटेहरू गत वर्षजसरी भेट नपाउँदा निराश भएर फर्किने तयारीमा लागेका हुन् ।

राउटेहरू सँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको बताइन् । २०६७ सालदेखि राउटेहरू दसैंमा राजधानी आएर प्रधानमन्त्री–मन्त्रीहरूलाई भेट्दै आएका छन् ।
गत वर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खड्काका अनुसार भेट नपाए पनि गतवर्ष सरकारले राउटेलाई रु।५ लाख सहयोग गरेको थियो । ‘यसपालि उपराष्ट्रपति नन्दकिशोर पुनले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ दिनुभयो,’ उनले भनिन्, “राउटेको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्यो ।” आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु