काठमाडौ । हिन्दु नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नेपाली बजारमा नयाँ नोटहरु पठाएको छ । यो बिचमा नेपाल राष्ट्र बैंकको केही नोटहरुमा गम्भिर गल्ती गरिएको खुल्न आएको छ । गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ ।

दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो । सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

सम्बन्धित खबरहरु