एजेन्सी । यतिबेला नवरात्रीको मांगलिक समय चलिरहेको छ । यो बेला भगवानको आराधान निक्कै फलदायी हुन्छ । यो समय भगवानको भक्तिमा लाग्दा धनप्राप्ती हुने, सुख संबृद्धि प्राप्त हुने ज्योतिष शास्त्रको दावी छ । ज्योतिष शास्त्रको ग्रन्थ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आउछ। त्यसैले यतिबेला बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गर्ने गरिन्छ । गणेशजीको कृपाले कुण्डलीको सबै दोष टाढा हुन सक्छन् र घरबाट गरिबी पनि टाढा भाग्छ। गरिबी टाढा भगाउनको लागी यी उपाय अपनाउनुहोस् ।

  • गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्नुहोस् ।
  •  शिव परिवारको कुनै मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्नुहोस् ।
  • बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्नुहोस् ।
  • ऊँ श्री गणेशाय नमस् मन्त्रको १०८ चोटी दैनिक जप गर्नुहोस् ।
  • गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ ।

सम्बन्धित खबरहरु