काठमाडौ । गायिका बानिका प्रधान नेपाली गीत संगीतको दुनियाँमा निक्कै चर्चित नाम हो । उनको आफ्नै गीत ‘मायाको रंगको’ को म्युजिक भिडियो दर्शकमाझ आएको केही दिनपछि नै अर्को चर्चित भजन आएको छ । देवी (दुर्गामाता) को प्रार्थना गरिएको नवरात्रीमा सुन्नैपर्ने हे अम्बे जगदम्बे भजन दशैँकै बीचमा आएको हो । चर्चित संगीतकार सुरेश अधिकारीको संगीत रहेको उक्त भजनको भिडियो इश्वर बल्लभ उप्रेतीले निर्देशन गरेका छन् । शब्दहरु रुबी पाण्डेले रचना गरेकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

गायिका बानिका प्रधान आफ्नो नयाँ गीत ‘मायाको रंग’ को म्युजिक भिडियोमार्फत यही हप्ता दर्शकमाझ आएकी थिइन् । मेघराज लगुनको संगीत निर्देशनको उक्त गीतका शब्दहरु स्नेहश्री थापा तथा सुरेश वाग्लेले संयुक्त रुपमा रचना गरेका हुन् । सुमित विश्वकर्मा उक्त गीतका संगीत संयोजक हुन् भने गीतमा सांगीतिक समुह कुटुम्बका संगीतकर्मीहरुले बाद्य यन्त्र बजाएका छन् । गीतमा कुटुम्बका रुबिन कुमार श्रेष्ठ (बाँसुरी) तथा राजु महर्जन (मादल) धीमे आवद्ध छन् भने राजा चौधरीले गिटार तथा मेन्डोलिन बजाएका छन् ।

उक्त गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडिया तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो । रमणीय लोकेशनहरु प्रयोग गरिएको उक्त भिडियोको छायांकन अमेरिकामा गरिएका हो । कुनै बेलाका लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र मान सिंहले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई सुरेन्द्रले नै छायांकन तथा सम्पादन समेत गरेका छन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । तुलसी लगून, तिलक लगून तथा बिमल गजमेरले छायांकनमा निर्देशक सुरेन्द्र मान सिंहलाई साथ दिएका छन् । उक्त भिडियो हेर्नपनि यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु