काठमाडौ । लोकसेवा आयोगले गत मङ्सिरमा राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतसहरका विभिन्न पदमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा, सामान्य प्रशासन समूह, लेखा समूह, प्रशासन सेवा राजस्व समूह, लेखापरीक्षण सेवा, परराष्ट्र सेवा, न्याय सेवालगायतमा जम्मा ३९० पदमा विज्ञापन गरिएको थियो ।

नतिजा अनुसार सबैभन्दा बढी स्याङ्जा जिल्लाबाट २८ जना सिफारिश भएका छन् । गुल्मीका १९, झापाका १७, काठमाडौँ र मकवानपुरका १३/१३ जना, अर्घाखाँचीका १२, पर्वतका ११, खोटाङ र बाग्लुङका १०/१० जना, धनुषा, नवलपरासी र सुर्खेतका नौ/नौ जना सिफारिस भएका छन्।

त्यस्तै कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका आठरआठ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका सात÷सात जना, उदयपुर, चितवन, धादिङ र प्युठानका पाँचरपाँच जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका पाँचरपाँच जना, इलाम, पाँचथर, पाल्पा, बजाङ, बर्दिया, बारा, रौतहट, ललितपुर, सङ्खुवासभा र सिरहाका चार/चार जना, ओखलढुङ्गा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका तीनरतीन जना छन् । सिफारिसमा अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका दुईरदुई जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका एकरएक जना छन् ।

सम्बन्धित खबरहरु